सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
काठमाडौँ : सत्ताधारी दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको अर्थमन्त्री र गृहमन्त्रीले यो अनुसन्धानमा उहाँहरुले भन्न सक्नुपथ्र्यो हामीले भरिया मात्रै होइन मुख्य दोषी सुनको मालिकलाई हामीले पक्राउ ग¥यौँ भन्नुपथ्र्यो,’ उनले भने, अथवा उहाँहरूले समय लिने हो भने ३ दिन, ५ दिन वा ७ दिन कति समय लिने हो त्यो समय लिएर हामी यसको मुख्य नाइके पक्राउन ग¥यौँ भन्न सक्नुपर्छ । होइन भने उहाँहरूले यो अनुसन्धान प्रक्रियालाई सहज बनाउनका लागि अहिलेलाई कमसेकम मुख्य सुनको मालिक पत्ता नलागुन्जेल सम्मलाई राजिनामा गरेर प्रजातान्त्रिक पद्धतिको अभ्यासलाई कदर गर्नुपर्छ । शर्माले यस विषयलाई सामान्य रूपमा लिइनु नहुने समेत बताए । यस भन्दा अगाडि एमाले पनि सुन काण्डको अनुसन्धानको विषयमा आवज उठाएका थिए ।