जनतालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सञ्चालन गरेका छौँ : शर्मा
वि.सं २०५३ मै बनेको भए पनि दैलेखको नारायण नगरपालिका भौतिक पूर्वाधारमा निकै कमजोर छ। स्थानीय तहको पुनर्संरचनापछि २०७३ सालमा केही क्षेत्र थप भए। ११ वडा रहेको यो नगरपालिकामा दैलेखको सदरमुकाम दैलेख बजार पनि पर्छ । पहाडी क्षेत्र भएकाले पर्यटकीय क्षेत्रका रूपमा पनि विकास हुन सक्ने सम्भावना रहेको यो नगरपालिकाका प्रमुख लोमन शर्मा नेकपा (एमाले) का तर्फबाट विजयी बनेका थिए । नगरपालिकाको समग्र विकास निर्माण, योजनालगायतका विषयमा नगर प्रमुख शर्मासँग मेरो कर्णालीका सम्पादक कमल शर्माले गरेको कुराकानी ।
तपाई नगर प्रमुख भएको एक वर्ष पुग्यो । यो एक वर्षमा के के काम गर्नुभयो ?
हामी निर्वाचन भएर नारायण नगरपालिकामा आइसकेपछि धेरै कामहरू गरेका छौँ । हामी निर्वाचित भएर आउने बेला नारायण नगरपालिकामा धेरै खालका चुनौतीहरू थिए । ती चुनौतीको सामना गर्दै हामीले निर्वाचनको बेला जनताका बिचमा गरिएका प्रतिबद्धतालाई प्रमुख विषय बनाएर काम गरिरहेका छौँ । सुरुमा हामीले नारायण नगरपालिकामा देखिएको खानेपानीको समस्या समाधान गर्न आवश्यक नीति तय ग¥यौँ । दैलेखको खानेपानी महँगो भएका कारण खानेपानी महसुलमा केही कटौती गर्नु पर्छ र जनतालाई निःशुल्क खानेपानी खुवाउनु पर्छ भनेर खानेपानी महसुलमा कटौती गर्ने काम ग¥यौँ । नारायण नगरपालिकामा सञ्चालनमा रहेको सहारे खानेपानी लाई व्यवस्थित सँगै अन्य पानीको स्रोतहरूको पहिचान गरी आवश्यक पर्ने पूर्वाधार निर्माणका कामहरू अगाडी बढायौँ ।
त्यसैका आधारमा नारायण नगरपालिकाका विभिन्न स्थानमा सात वटा खानेपानी ट्याङ्की निर्माण गरेका छौँ । नारायण नगरपालिकाका नागरिकलाई खानेपानीमा सहुलियत दिन एक करोड १२ लाख रुपैयाँ बिन योजन गरेका थियौँ । एक घर एक धारा निर्माणका लागी खानेपानी तथा स्वच्छता सम्बन्धी वास योजना बनाएर तथ्याङ्क सहितको योजना निर्माण गर्ने काम गरेका छौ । त्यसको कार्यान्वयन लागी टिडिएफ बाट करिब तीन करोड ऋण लिएर साहारे एक दुई र तीन बाट खानेपानी वितरण गर्ने योजना बनाएका छौँ । कर्णालीका स्थानीय तह मध्ये सबै भन्दा पहिला कर्णाली प्रदेशमा रहेका सरकारी तथा गैर सरकारी सस्थाहरु सँग सहकार्यका लागी प्रस्ताव पेस गरेका थियौँ त्यसकै आधारमा धेरै योजनाहरू हाम्रो नगरपालिकामा काम गर्न इच्छुक हुनुहुन्छ ।
त्यस्तै हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रलाई दोस्रो प्राथमिकता राखेका थियौँ । त्यसै अनुसार नारायण नगरपालिकाका नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागी विभिन्न कामहरू गरेका छौँ । नारायण नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिक, गर्भवती आमा,सुनौला हजार दिनका आमा र बालबालिकाका लागी विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ । जेष्ठनागरिक सँग नगर प्रमुख कार्यक्रम अनुसार जेष्ठनागरिकको घरदैलोमै दुई दुई महिनामा घरमै पुगेर स्वास्थ्य परीक्षण सगंै औषधी वितरण,गर्भवती सँग उपमेयर कार्यक्रम अनुसार गर्भवतीलाई न्यानो कपडा र आवश्यक औषधी,निःशुल्क एम्बुलेन्स सेवा,असल आमा प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन गरेका छौँ । त्यो सँगै नारायण नगरपालिका–३,४,५, १० वडाका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउनका लागी त्रिवेणी स्वास्थ्य संस्थालाई दश शय्याको अस्पतालका रूपमा विकास गर्ने गरी पुर्बधार निर्माण गरेका छौँ ।
त्यो सँगै नारायण नगरपालिकाकाका त्रिवेणी, भवानी, विन्द्याबासीनीमा २४ सै घण्टा सेवा प्रवाह गर्नका लागी नीतिगत निर्णय गरेका छौँ । त्यस्तै सामाजिक सुरक्षामा समेत नारायण नगरपालिकाले महत्त्वपूर्ण कार्य गरेका छ । नारायण नगरपालिका भित्र रहेको विवाह नगरी एकल बसेका महिला,पुरुष, र यौनिक अल्पसङ्ख्यक रहेका नागरिकहरूलाई सेवा दिने उद्देश्यले सामाजिक सुरक्षा कोष निर्माण गरी मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरेका छौँ ।
शिक्षा क्षेत्रमा समेत नारायण नगरपालिकाले महत्त्वपूर्ण कामहरू अगाडी सारेको छ । शैक्षिक सुधारका लागी नपुग रहेको दरबन्दीमा नगर शिक्षकको अनुदान दिएर पठन पाठन प्रभावकारी बनाएका छौँ । त्यस्तै विद्यालयमा खानेपानी, भवन,शौचालय निर्माण र विद्यालयमा इमेल इन्टरनेटको व्यवस्था गरेका छौँ । त्यो सँगै विद्यालयको पठन पाठन र कक्षा व्यवस्थापन, पोषणका कार्यक्रम समेत गरेका छौँ । त्यो सँगै नारायण नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्ने आठ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छौँ । पछिल्लो समय महालेखापरीक्षकको कार्यालयले शिक्षकलाई तलब खुवाएको बेरुजु निकाले पछि अलि समस्या गरेको भए पनि शिक्षक नराखेपछि बालबालिकाको पढाई प्रभावित हुने भएका कारण शिक्षकहरूलाई नियमित गराउने सोचमा रहेका छौँ ।
त्यस्तै नारायण नगरपालिका अधिकांश नागरिक कृषिमा आत्मनिर्भर छन् । किसानहरूको आय स्तर सुधारका लागी नगरपालिकाले कृषिमा अनुदान देखी लिएर विभिन्न कामहरू गरेका छौँ । नारायण नगरपालिका वडा नः ११ मा सामूहिक तरकारी खेती ,वडा नः १०मा अर्गानीक तरकारी खेती, वडा नः २ मा तरकारी खेती गर्ने किसानका लागी अनुदान,वडा नः १० मा माछा पालन सुरु लगायतका कामहरू गरेका छौँ । किसानका घरमा गएर प्राविधिकले कृषि सम्बन्धी जानकारी दिने समेत काम गरिरहेका छौँ । नारायण नगरपालिका भित्र रहेका सहकारी मार्फत किसानले उत्पादन गरेको दूधको बजारीकरणका लागी आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेका छौँ । किसानले उत्पादन गरेको तरकारी घर बाट तरकारी संकलन गर्नका लागी गाडीको समेत व्यवस्था गरेका छौँ ।
पुर्बधार तर्फ नारायण नगरपालिकाको मुख्य बजार केन्द्रको सडक बिस्तार,सडक निर्माणको काम प्रमुखताका साथ सञ्चालन गरेका छौँ । हिलाम्मे हुने सडक आगामी वर्ष भित्रमा सम्पन्न गर्ने गरी काम सुरु गरेका छौँ । नगरभित्रको गौरवको आयोजनाको रूपमा रहेको नगर चक्रपथको काम पनि गरेका छौँ । त्यो सँगै वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण,वडा कार्यालयमा पुग्ने सडकको स्तरउन्ती जस्ता कार्यहरू गरेका छौँ । त्यो सँगै विद्यालय भवनहरू निर्माणको समेत कामहरू गरेका छौँ । नारायण नगरपालिकाको सबै भन्दा ठुलो समस्या देखिएको डम्फीङ साइड निर्माणका लागी जग्गा प्राप्ति लागी मन्त्रालयको स्वकृति प्राप्त गरेको र त्यसका लागी आवश्यक पुर्वधार निर्माणका लागी काम अगाडी बढाएका छौँ ।
त्यस्तै पर्यटनका क्षेत्रमा नारायण नगरपालिका हुँदै पञ्चकोकी क्षेत्रमा प्रवेश गर्ने मुख्य सडकको स्तर उन्नतिका लागी सङ्घीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरेका छौँ । दैलेखमा रहेको ऐतिहासिक र पुरातात्त्विक कोत गडीको पुर्न निर्माण कार्य सम्पन्न गरेका छौँ । दैलेखमा बेलापुर राज्य हुँदा रहेको बेलापुर ऐतिहासिक दरबारको निर्माणका लागी आवश्यक नीति निर्माण गरी उक्त कार्यको थालनी आगामी वर्ष बाट गर्ने तयारी गरेको छौँ । दैलेखमा रहेको ऐतिहासिक देवलहरूको पूर्व निर्माणका लागी समेत योजना निर्माण गरेका छौँ ।
एक वर्षमा देखिएका चुनौतीहरू
हामीलाई सबै भन्दा ठुलो चुनौती भनेको सङ्घीय सरकार र प्रदेश सरकार बाट प्राप्त हुने समानिकरण बजेट राजश्व बाडफाड बाट आउन बजेट नआउँदा ठुलो समस्या भयो । हामीले योजना बनाएर कार्यान्वयन चरमा लिएपछि सघिय सरकारले राजश्वबाडफाडको रकम नपाउँदा ठुलो समस्या भयो । हामीले सुरु गरेका योजनाहरूको भुक्तानीमा समस्या भएको छ । त्यस्तै प्रदेश सरकारले समेत अनुदानमा कटौती गरेपछि समस्या देखिएको छ । नारायण नगरपालिकामा मात्र साढे चार करोड रकम आएन । त्यसले सेवा प्रवाहमा समस्या भएको छ । अर्को समस्या भनेको सङ्घीय सरकार मार्फत सञ्चालन हुने योजना पालीका मार्फत हुने तर प्रदेश बाट सञ्चालन हुने योजना नगरपालिकालाई जानकारी नभएर सञ्चालन भएका योजनाले ठुलो समस्या बनाएका छन् । प्रदेश सरकारका सांसद,मन्त्री वा सम्बन्धित कार्यालयले योजना निर्माण गर्दा हामी सँग समन्वय गर्दैन त्यसले विकासमा एक द्वार प्रणाली नअपनाएका कारण योजना गुणस्तर निर्माणमा समेत चुनौती देखिएका छ ।
तपाइका आगामी येजनाहरु के के छन् ?
हामीले निर्वाचनको बेला जनताका बिचमा गरिएका प्रतिबद्धतालाई पूर्ण कार्यान्वयन गर्ने लागेका छौँ । त्यो बाहेक नगरपालिकाका गौरवका योजनाहरू समेत छन् । नारायण चक्रपथलाई कालोपत्रे गर्ने, सबै नागरिकलाई शुद्ध खानेपानी वितरण,नगरको सडक स्तरउन्ती,प्रत्येक वडामा पुग्ने सडकलाई कालोपत्रे,पञ्चकोकी ताल निर्माण,त्यो सँगै तत्कालीन २२ से २४ राज्य कालमा रहेको बेलापुर राजाको ऐतिहासिक दरबार निर्माण लगायतका योजनाहरू अगाडी बढाउने सोचमा रहेका छौँ ।
सङ्घ प्रदेश सरकार सँग समन्वय र सहकार्य कस्तो छ?
सङ्घ र प्रदेश सरकार सँग समन्वय गर्दा निकै कठिन भएको छ । संविधानले परिकल्पना गरेको समन्वय,सहकार्य र सह अस्तित्व अनुसार सङ्घ प्रदेश र स्थानीय तह बिच सहकार्य हुनु पर्ने भएपछि अहिले त्यो भएको छैन । जिल्लामा बजेट विनियोजनको अवस्था हेर्ने हो भने जुन जिल्लाको मन्त्री छ त्यही जिल्लामा बजेट धेरै जाने समस्या देखिएको छ । सङ्घ सरकारले त्यहाँको भौगोलिक बनावट, जनसख्याका आधारमा बजेट विनियोजन गर्नु पर्ने भए पनि त्यसो गर्न सकेन यसले के पुष्टि गर्छ भने तीन तहका सरकार बिच समन्वय हुन सकेको छैन ।
प्रदेश सरकारले समेत केन्द्र सरकार जस्तै सिको गरेर मुख्यमन्त्री,मन्त्री भएको जिल्लामा धेरै बजेट विनियोजन गर्ने समस्याले यो व्यवस्थामा समेत चुनौती देखिएको छ ।