Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

राउटेलाई सामाग्री वितरण

दैलेख  :  लोपोन्मुख जाति राउटे समुदायलाई सामग्री वितरण गरिएको छ । राउटे समुदायलाई बन्दोबस्ती, खाद्यान्न, खेल, स्वास्थ्य सामग्री औषधी वितरण गरिएको कार्यालयका लेखा अधिकृत दिनेश खड्काले बताए । राउटे समुदायको व्यवहार परिवर्तनका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको लेखा अधिकृत खड्काको भनाईछ ।

उनका अनुसार राउटे समुदायका ४१ घरपरिवारका लागि पालको कपडा, बल्यांकेट, तन्ना, पुरुष र केटाहरुका लागि कोरो कपडा, महिला र केटीहरुका लागि लुङ्गी र फराक, चामल, कपडा धुने र नुहाउने साबुन, ब्रस, ऐना, काईयो, लेबिनटि, सेम्फु, सेभिङ्ग सेट, औषधी, प्राथमिक उपचार बक्स, बल, स्किपिङ्ग डोरी, भलिबल, रिंग, कलर सेट, कलर पेपर वितरण गरिएको हो ।

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल महाबु गाउँपालिका–३ मा बसोबास गरिरहेका छन् । बुधवार जिल्ला समन्वय समितिका प्रमुख नवराज शाही, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डे, सामाजिक विकास कार्यालयका सामाजिक विकास अधिकृत महेशकेशर खनाल, सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापासहितको टोलीले समुदायलाई सामग्री वितरण गरेको हो ।