Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णाली प्रदेश योजना आयोग जागिर खाने थलो भयो  :  कडेल

वीरेन्द्रनगर  :  नेकपा एमालेका नेता एवं प्रदेश संसदीय दलका नेता यमलाल कंडेलले प्रदेश योजना आयोग जागिर खाने थलो मात्र भएको बताएका छन्। कर्णाली प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै नेता कंडेलले यस्तो बताएका हुन्। उनले कर्णाली प्रदेशको योजना निर्माण गर्नका लागि गठन हुने आयोग औपचारिकताका लागि मात्र गठन भएको बताए। उनले भने, त्यो आयोग सही ढंगले चलेको छैन। त्यसले गर्ने कामले सरकारको उपलब्धीसँग सम्बन्धित छ। यसका विषयमा प्रदेश सरकारको नेतृत्व पनि असफल भएको छ। यही योजना छनो र बजेट विनियोजनको तौर तरिकाले सरकार दिन काट्ने काम गरिरहेको छ। यसले कर्णालीको समग्र विकास र समृद्धिको सपना पूरा हुनेमा विस्वास गर्ने ठाँउ छैन।

टुक्रे योजना व्यापक रहेको उनको भनाइ छ। एकै मन्त्रालयका चार सय योजना छन्। यो बजेट हेर्दा योजना आयोगको योग्यता र त्यसको कार्यक्षमतामा प्रश्न उठेको छ। योजना छनोटमा आफ्नो कार्य क्षमता देखानुपर्ने हो। तर देखिएन, उनले भने। मुख्यमन्त्रीले हरेक वर्ष १० हजार रोजगारी दिने निर्णय गरेकाले मन्त्रीका सचिवालय, योजना आयोग जस्ता निकायमा कर्मचारी थप्ने र १० हजार पुर्‍याउने लक्ष्य जस्तो देखिएको उनले बताए।

उनले भने, काम गर्ने ठाउँमा पुगेकाहरूले दिन बिताउने काममा नलाग्नुस्। काम गरेर देखाउनुस्। जनतालाई गर्न नसक्ने कामको आश्वासन मात्र नभई उपलब्धी हासिल गर्ने गरी काम गर्नुपर्छ। उनले प्रदेश सरकारले प्रतिपक्ष दलको सुझाव सल्लाहलाई व्यवस्था गरेको बताए। उनले भने, सरकारले हाम्रो पनि सल्लाह र सुझाव मान्नुस। सरकारले चालू खर्च घटाउने र पुँजीगत बजेट खर्च कसरी बढाउने भन्ने विषयमा ध्यान दिएको छैन।

साभार अन्नपुर्ण