Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कर फर्छ्यौट आयोगका शर्मा र महतलाई नौ वर्ष कैद

काठमाडौँ  :  विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव एवं आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा सजाय निर्धारण गरेको छ। मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले यसअघि गरेको दोषी ठहरका आधारमा सजाय निर्धारण गरेको हो।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ अधिकारीका अनुसार महतलाई नौ वर्ष एक महिना, ढकाल र शर्मालाई नौरनौ वर्ष कैद सजाय तोकिएको हो। यही इजलासले उनीहरुलाई गत जेठ १८ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। तीन जनाबाट विशेषले चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ जरिवाना असुलन गर्न पनि भनेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध २०७४ सालमा आयोगबाट राज्यलाई नोक्सान हुने गरी व्यापारीहरुलाई कर छुट दिएको दाबी गर्दै मुद्दा दायर गरेको थियो। दुई वर्ष दायर अकुत आर्जनमा भने उनीहरुले सफाइ पाएका छन्।