Loading... आजः आइतवार, साउन ३१, २०८३
Trending

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन भदौ २९ र ३० गते हुने

सुर्खेत  :  नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन २०८० भदौ २९ र ३० गते हुने भएको छ। सोमबार बसेको एमाले प्रदेश कमिटीको पाँचौ पूर्ण बैठकले अधिवेशन भदौ २९ र ३० गते गर्ने निर्णय गरेको हो। प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले प्रदेशको प्रथम अधिवेशन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने जानकारी दिए।

उनका अनुसार पार्टीले प्रदेशको इन्जार्च तोकिएका पार्टी सचिव लेखराज भट्टलाई स्वागत तथा पूर्व प्रदेश इन्चार्ज स्थायी कमिटी सदस्य यामलाल कँडेललाई बिदाई गरिएको छ। उक्त बैठकमा प्रदेश कमिटी अध्यक्ष शाहले राजनीतिक सांगठनिक प्रतिवेदन २०८० र प्रदेशका १० वटै जिल्लाका जिल्ला कमिटी अध्यक्षले जिल्लागत विवरण प्रस्तुत गरेका थिए।