Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ४७ करोडको बजेट


दाङ  :  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ४० अर्ब बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन्।

जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट ल्याएको छ। त्यस्तै, वित्तिय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट ल्याएको हो। जुन चालुतर्फ ३३.६८ प्रतिशत, पुजिगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ।

आगामी वर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैँया हुने अनुमान गरिएको छ।
त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ।

चालु वर्ष २०७९र८० मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो। तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको छ।