कार्कीले लिए प्रधानन्यायाधीशको शपथ
काठमाडौँ : सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शुक्रबार न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका कार्की आजै राष्ट्रपतिबाट नियुक्त भएका हुन् ।
प्रधानन्यायधीश कार्कीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत उपस्थित थिए । आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवाबाट निवृत्त हुँदै छन् ।