Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

२३ सदस्यीय राष्ट्रिय टिम घोषणा


काठमाडौँ  :  नेपालले आगामी ६ असारबाट भारतको बैंगलोरमा सुरु हुने दक्षिण एसियाको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन्।

सहिद स्मारक ए डिभिजन लिगको प्रदर्शनका आधारमा प्रशिक्षक अल्बर्टोले टिममा विमल पाण्डे, सिमान्त थापा, निशान्त खड्का, लकेन लिम्बू र आभास लामिछानेलाई पहिलो पटक राष्ट्रिय टिममा स्थान दिएका छन्। प्रतियोगितामा नेपालले कुवेत, भारत र पाकिस्तानसँग समूहचरणमा प्रतिस्पर्धा गर्ने छ।आफ्नो पहिलो खेलमा नेपालले ६ असारमा कुवेतसँग खेल्दा ९ असारमा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल १२ असारमा पाकिस्तानसँग खेल्ने कार्यतालिका छ। त्यसअघि नेपालले च्याम्पियनसिप तयारी अन्तर्गत ३२ जेठमा फिलिपिन्सँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ।