अदालतबाट न्याय नपाएको गुनासो
दैलेख : दैलेख भैरवी गाउँपालिका –५ का रत्नबहादुर थापाले अदालत बाट न्याय नपाएको गुनसो गरेका छन । २०७६ पुष १० गते महानगरीय प्रहरी वृत कालीमाटीमा सवारी अंगभंग मुद्दामा कानून बमोजिम कारबाही र घाइते छोराको उपचार खर्चसहित क्षतिपूर्ति समेत माग गरी जिल्ला अदालत काठमाडौँमा दर्ता भएको मुद्धा हाल सम्म पनि टुगो नलगाएको कारण आफुहरुले न्याय नपाएको गुनासो गरेका हुन ।
चारवर्षअघि भक्तपुरमा बसेर लोकसेवा आयोगको तयारी गरिरहेका दैलेखको भैरबी गाउँपालिका–५ का तुफान थापालाई २०७६ पौष ९ गते नेपाल विद्युत प्राधिकरणको बा १ ञ २३९१ नम्बरको गाडीले ठक्कर दिएको थियो । दुर्घटनापछि थापालाई सिसियूमा राखेर उपचार गरिएको थियो। दुर्घटना हुँदा उनको शरीरको बाहिरी भागमा सामान्य छाला खुइलिएको देखिन्थ्यो। उपचारमा संलग्न चिकित्सकहरूले भने गम्भीर घाइते थापाको टाउकोभित्र फुटेर गिदीमा रगत जमेको, मेरुदण्डको हड्डी भाँचिएको बताएका थिए। सोही अनुसार उनको उपचार चल्यो। बयोधा अस्पतालका चिकित्सकहरूले घाइते थापालाई निरन्तर तीन वर्षसम्म औषधि सेवन गर्नुपर्ने र हेरचाह गर्नुपर्ने बताएका थिए ।
तुफान बुबा रत्नबहादुर थापाले घाइते छोरोको उपचार खर्च सवारी अंगभंग मुद्दामा निबेदन दिएको लामो समय सम्म अदालतले न्याय नदिएपछि छोरा मानसिक समस्या भोगीरहेको र त्यसकै कारण आत्महत्या गरेको उनको भनाईछ । उनका अनुसार गाडीको ठक्करबाट घाइते छोराको उपचारमा हालसम्म ४० लाख रुपैयाँ भन्दा बढी रकम सकिएको छ । घटनापछि सुरुमा ३३ लाख रुपैयाँ खर्च भयो त्यसबेला नेपाल विद्युत प्राधिकरणले आठ लाख रुपैयाँ खर्च बेहोरेको थियो उनले भने।
उनले अदालतबाट न्याय नपाएको बताउँछन्। ‘दुर्घटना लगत्तै हामीले जाहेरी दरखास्त दिएका थियौँ, मुद्दा काठमाडौं जिल्ला अदालतमा छ, अदालतले मुद्दाको टुंगो लगाएको छैन,’ उनी भन्छन् न अहिलेसम्म न्याय पाइयो, न त छोरा नै बच्यो।’ पछिल्लो समय अदालतबाट कुनैपनि सम्पर्क नगरेको उनको भनाइ छ।