Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

राष्ट्रपति रामचन्द्र पौडेलको पुतला जलाइयो


काठमाडौँ  :  प्रमुख प्रतिपक्षी एमालेले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बुधबार दिनभरिजसो नै प्रदर्शन गरेको छ। बुधबार साँझ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा राष्ट्रपति रामचन्द्र पौडेलको पुतला जलाएको छ।

त्यस्तै, युवासंघले भारतीय संसद्‌मा अखण्ड भारतको नक्सा राख्ने क्रममा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतलाई समेटेको भन्दै राष्ट्रपति पौडेलको अर्को पुतला पनि जलाएको छ। युवा संघले नयाँ बानेश्वरमा राष्ट्रपति तथा सरकारबिरुद्ध मसालसमेत बालेर प्रदर्शन गरेको छ।