शून्यको मूल्यु लाई उत्तम शान्ति पुरस्कार
सुर्खेत : डा नवराज केसीको कृति ुशून्यको मूल्युले २०७९ सालको उत्तम शान्ति पुरस्कारु पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीको कृति शून्यको मूल्युलाई पुरस्कार दिने घोषणा गरेको हो ।
पुस्तकमार्फत अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापतु साहित्यकार डा केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ । उत्तम शान्ति पुरस्कारमा ताम्रपत्रसहित १ लाख रुपैयाँ प्रदान गरिन्छ । साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।
२०७९ सालमा प्रकाशित ुशून्यको मूल्यु लाई डा केसीले ुसिर्जनात्मक गैरआख्यानु पुस्तक भन्ने गरेका छन् । उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणाले नै पुस्तको लेखेको उनको भनाइ छ । डा केसीका अनुसार बिरामीहरूका समस्या सुनेर सुरुमा केही छोटा कथा लेखेको तर पर्याप्त नभएपछि फेरि खोजी गरेर पुस्तक तयार पारिएको हो । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा करिब आठ वर्ष काम गरेका केसीले ुशून्यको मूल्युमा बिरामीहरुले जीवनयापनको क्रममा गरेका संघर्ष सिर्जनात्मक रूपमा उतारेका छन् ।