उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न राप्रपाको माग
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । बुधवार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २०४६ पछि उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न त्यस्तो आयोग गठनका लागि माग गरेको हो ।
बैठकले किसानलाई तत्काल मल, बिउ सर्वसुलभ उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । यस्तै, विभिन्न वित्तीय संस्थाहरुले सर्वसाधारणबाट चर्को ब्याजदर असुलेका कारण पीडितहरूले सडक संघर्ष गर्नुपर्ने बाध्यतादेखि नागरिकहरुले आत्मदाह गर्ने पीडादायी क्षण देखेकोरभोगेको भन्दै बैठकले पीडितहरुलाई न्यायका लागि तत्काल ऋणको ब्याजदर घटाउन सरकारसँग माग गरेको छ ।