Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

अर्थतन्त्र उकास्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत  :  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका छन । शुक्रबार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन । नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले हरेक दृष्टिकोणबाट पछि रहेको प्रदेशको रूपान्तरणका निमित्त आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सकारात्मक रहेको बताए । कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामको अनुगमन गर्ने तयारी भइरहेको समेत बताए ।

‘चुनावका बेला प्रचण्ड र मैले सँगै कर्णालीका जिल्लामा चुनावी सभालाई सम्बोधन गरेका थियौँ’ उनले भने अहिले त्यहीअनुसार हामी कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ । खड्काले कर्णाली सरकारले पूर्णता पाएसङ्गै कर्णालीमा गरेका बाचा बचन र विकास रोजगारी लगायतका काम अगाडि बढ्ने बताउँदै बजेट निर्माण सोहीअनुरूप अगाडि बढेको बताए ।

नेता खड्काले उपचुनाव लगतै मन्त्री परिषद् बिस्तार हुने समेत बताए । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यही महिनाको तेस्रो साता हुने बताए । अहिले अर्थतन्त्र ऋणात्मक भएका कारण सरकारसामु केही समस्या रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई उकास्नतर्फ सरकार अग्रसर रहेको बताए ।