त्रिदेशीय सडकको महावु खण्डमा सात ठेक्का ,कामको गती सुस्त
कमल शर्मा
दैलेख : नेपालगन्ज सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत महावु सडक खण्डमा लागेको सात वटा ठेक्काको काम सुस्त गगीमा भएको पाइएको छ । प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापा ,सडक डिभिजन कार्यलय सुर्खेतका इन्जिनिएर सुरेन्द्र सिह, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्मा र महावु गाउँपालिकाका निर्वतमान अध्यक्ष जंग बहादुर शाही लगायतको टोलीले आइतवार गरेको अनुगमनमा क्रममा कामको गति सुस्त भएको पाइएको छ ।
दैलेख सरदुमका देखी महावु ४० किलोमटिर सडकको स्तरउन्नती लागी संघिय सरकारले बिनियोजन गरेको २० करोड रुपैयामा सडक डिभिजन कार्यलय सुर्खेतले सात वटा ठेक्का आह्वान गरी काम सुरु गरेको थियो । सात वटा ठेक्का मध्ये नारायण नगरपालिका –५ भैसेखोर देखी नारायण १० को भवानी गेटक सम्म कालोपत्रे गर्ने ठेक्का भएपनि ठेक्का पाएको निर्माण कम्पनी कस्यप निर्माण सेवा एण्ड सप्लार्यसले पाँच करोड ५८ लाखमा सम्झौता गरेको भएपनि अहिले सम्म काम सुरु गरेको छैन ।
त्यस्तै नारायण –३ खुर्सानीवारी देखी भैसीखोर सम्मको एक किलोमिटर सडक कालोपत्रेका लागी ठेक्का पाएको आजिवन जिटि पिएस जेवी सुर्खेतले समेत काम अहिले सम्मको काम सुरु गरेको छैन । उक्त कामका लागी फागनु १५ गते ६ करोड ५३ लाखमा सम्झौता गरेको थियो । नारायण १० भवानी गेट देखी ओखरवास सम्म तीन खण्डमा ठेक्का सम्झौता भएको थियो । सडक स्तर उन्नती,नाला, ग्राभेल र वालको ठेक्का लागेको भएपनि उक्त खण्डमा पहिलो प्याकेजको काम सकिएको भएपनि असार मसान्त सम्म काम सक्नु पर्नेछ । उक्त तीन खण्डमा दुई करोड ८६ लाख,दुई करोड ८४ लाख र दुई करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त सडक खण्डमको निर्माणको जिम्मा तिरुपाते लालसुभ मेनरो जेभीले पाएको छ । उक्त सडक आठ मिटर चौडा हुने गरी काम सुरु गरिएको छ । निर्माण कम्पनीले भने सडक छेउछाउमा घर भएका कारण उनीहरुलाई मुअब्जा दिनु पर्ने समस्याका कारण काम रोकिएको छ ।
ओखरवास देखी उनीपाटा सम्म सडक निर्माणको जिम्मा पाएको काष्टमण्डप एन एस बिल्डर्सले दुई करोड ५३ लाखमा सम्झौता गरेको र असार मसान्त सम्म काम सक्नु पर्ने भएपनि अहिले सम्म कामले खास्सै गति लिन नसकेको स्थानीयले बताएका छन । उनीपाटा देखी महावु सम्म सडक खण्डको निनर्माणको जिम्मा पाएको आजीवन जिटिएनएस जेभिले सात करोडले ग्याभिन जाली भर्ने र सडक आठ मिटर चौडा पार्न सात करोड ९६ लाखमा २०७९ फागुन २१ म सम्झौता गरेको र २०८० फागुन २० सम्म निर्माण काम सक्नु पर्नेछ ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनिएर सुरेन्द्र कुमार सिहले सडक निर्माणका ठेक्का लागेको क्षेत्रमा कामका गतिका साथ हुन नसकेको बताए । उनले केही सडक खण्डमा काम भएको भएपनि केही खण्डमा भने कामले गति लिन नसकेको बताए । उनले भने निर्माण जिम्मा लिएका निर्माण कम्पनीलाई तोकता गरिरहेको र केही ठेक्का भर्खरै मात्र लागेको छ । प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले निर्माणको जिम्मा लिएका निर्माण कम्पनीलाई सम्झौता भए अनुसार समयमै सक्नु पर्ने काम छिटो सक्न निर्माण कम्पनीलाई आग्रह गरेका छन ।