Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कर्णालीमा कांग्रेसले टुंग्यायो मन्त्रीको नाम


सुर्खेत  :  कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत १(१)बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (२)बाट निर्वाचित बेदराज सिंह र दैलेख १ (ख)बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन् । पोखरेल सामाजिक विकासमन्त्री, सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्री र बीसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनेछन् ।

कांग्रेस र माओवादी केन्द्रबोचको सहमतिअनुसार सरकारको नेतृत्व आधाआधा कार्यकाल गर्ने, २०७८ वैशाखमा भएको सहमतिअनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन गर्न मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । लगत्तै कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।