Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

जग्गाको कित्ताकाँट खुकुलो बनाउने सरकारको निर्णय


काठमाडौँ  :  सरकारले जग्गाको कित्ताकाँट खुकुलो बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाँट खुकुलो बनाउन भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ लाई संशोधन गर्ने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता रेखा शर्माले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको जानकारी दिइन्। सरकारले भू–उपयोग नियमावलीमा स्थानीय तहले जग्गाको वर्गिकरण गर्नुपर्ने र १३० वर्गमिटर भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्थालाई परिमार्जन गरेको हो।

अधिकांश स्थानीय तहले जग्गा वर्गिकरण नै गर्न नसक्दा घर जग्गाको कारोबारमा बन्दी आइ राजश्व संकलनमै असर परेपछि सरकारले वर्गिकरण गर्नै पर्ने नियमावलीको व्यवस्थालाई हटाएको हो।भू–उपयोग ऐन २०७६ ले स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गालाई १० वर्गमा वर्गिकरण गरेर गैरकृषिमा मात्रै प्लटिङ गर्न पाउने व्यवस्था गरेको छ। मंगलबार सरकारले वर्गिकरण गर्नैपर्ने व्यवस्थालाई परिमार्जन गरेको हो।