Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

जहाजमा प्राविधिक समस्यापछि काठमाडौं फर्कियो

काठमाडौँ  :   सुर्खेतका लागि उडेको बुद्धको जहाज प्राविधिक समस्या देखिएपछि ३२ मिनेटमै काठमाडौं फर्किएको छ । शनिबार बिहान त्रिभुवन विमानस्थलबाट ८ बजेर १६ मिनेटमा उडेको बुद्धको ९ एन–एएमडी कलसाइन भएको जहाजको इन्डिकेटरमा प्राविधिक समस्याको संकेत देखिएपछि ८ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको त्रिभुवन विमानस्थलका एक अधिकारीले बताए ।

बुद्ध एयरका अधिकारीहरुले भने गतिबारे जानकारी दिने यन्त्र स्पिडोमिटरमा समस्या देखिएपछि जहाज फर्काइएको बताएका छन् । जहाजमा ६२ जना सवार थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्गत फ्लाइट सेफ्टी स्टयान्डर्ड विभागले उक्त जहाज र मर्मतमा संलग्न प्राविधिकलाई तत्कालका लागि ग्राउन्डेड गर्न पत्राचार गरेको छ । बुद्धले जहाजको समस्या जाँच गरी मर्मत सम्भार गरेर मात्र उडाउने बताएको छ । उक्त जहाजका यात्रुहरूलाई बुद्धले १० बजेर १६ मिनेटमा अर्को जहाजमा राखेर सुर्खेत पठाएको जनाएको छ ।
यसअघि गत फागुन अन्तिम साता श्री एयरलाइन्सको जहाजमा पनि प्राविधिक समस्या देखिएपछि श्रीका सबै जहाजहरू ग्राउन्डेड गरी अनुसन्धान थालिएको थियो ।