Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

बालविवाह विरुद्ध पुतलीको बिहे

दैलेख  :  बालविवाह विरुद्ध पुतलीको बिहे सडक नाटक प्रदर्शन गरिएको छ । जिल्लाको भगवतीमाई गाउँपालिकाका(१–७) वडामै पुगेर बालविवाह,घरेलु हिंसा,बहुविवाहको कथा समेटिएको जनचेतना मूलक सडक नाटक पुतलीको बिहे प्रदर्शन गरिएको हो । समाजमा विद्यमान रहेका बालविवाह,घरेलु हिंसा समस्यालाई न्यूनीकरण गर्न समाजलाई जनचेतनामूलक सन्देश दिन उद्देश्यले सोसेक नेपाल र वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र पिपल्स एक्सेस सुर्खेतको आयोजनामा आरंग नेपालको प्रस्तुतिमा सडक नाटक प्रदर्शन गरिएको हो ।

भगवतीमाई –३ का वडाध्यक्ष मान बहादुर खड्काले सडक नाटकले समाजमा रहेका विद्यमान समस्यालाई चित्रण गरेको र आगामी दिनमा यस्ता काम नगर्न नगराउन प्रेरित गरेको बताए । उनले भने २१ औँ शताब्दीमा पनि पुरानै प्रथा कायम रहनु दुखद रहेको भन्दै सडक नाटकको माध्यम बाट समाजलाई जनचेतनामूलक सन्देश दिन जरुरी समेत रहेको बताए ।

भगवतीमाई गाउँपालिका –४ की मनीषा थापाले सानै उमेरमा गरिने बालविवाह कारण महिलाहरूले भोग्नु पर्ने समस्या कथामा प्रस्तुत गरिएको र वास्तविक घटनामा आधारित रहेको बताए । उनले आफ्नो छोराछोरीको विवाह गर्न तयार भएका धेरै अभिभावकहरूले नाटक हेरेर सचेत हुने बताए । उनले भनिन सानै उमेरमा छोराछोरीको विवाह गर्दा भविष्यमा भोग्नुपर्ने पिडाका विषवस्तुहरुलाई नाटकमा स्थानीयले बुझ्ने भाषामा चित्रण गरिएको थियो ।

भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना खड्काले पुतलीको बिहे सडक नाटक वास्तविक कथामा आधारित रहेको र कलाकारको प्रस्तुति निकै प्रेरणादायी रहेको बताइन । उनले सडक नाटकमा सहभागी कलाकारहरूलाई पालिकाले सम्मान समेत गरिएको बताइन । पिपल्स एक्सन सुर्खेतका प्रबन्धक युवराज पंगालीले भगवतीमाई गाउँपालिकाका सबै वडा संगै दैलेख सदरमुकामको देवकोटा चोक,डुगेश्वर गाउँपालिका–१ चुप्रा बजारमा समेत सडक नाटक प्रर्दशन गरिएको बताए । सडक नाटक प्रदर्शनमा कलाकार प्रेमदेव गिरी,गणेशभक्त गौतम, माया थापा,युवराज पगाली, निर्मल प्याकुरेल,यामनारायण आर्चाय,हरि ढकाल,समीक्षा विष्ट,रेखा कोइराला,बिपना कालीराज लगायतले अभिनय गरेका थिए ।