Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नेकपा एसका नेता सरोजकुमार उपाध्यायको निधन


काठमाडौं  :  नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ। शनिबार शंखमुलको एक रेष्टुरेन्टको छतबाट खसेका उनको उपचारका क्रममा मृत्यु भएको हो। उपाध्याय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन्।

छतबाट खसेर गम्भीर बनेका उपाध्यायलाई घटनास्थलबाट उद्धार गरी नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो। सिभिल अस्पतालबाट उनलाई थप उपचारका लागि माइतिघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्‍याइएको थियो। अन्नपूर्ण न्यूरोमा उपचारका क्रममा उपाध्यायको निधन भएको हो।

उपाध्याय साढे २ बजे शंखमुलको बबिन्स क्याफेको छैटौँ तलाबाट खसेका थिए। उनको उपचारका क्रममा साढे ५ बजे निधन भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। पेशाले इन्जिनियर उपाध्यय केही समय अघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।