एकिकृत अखिल नेपाल शिक्षक संगठन दैलेखको अध्यक्षमा खड्का
दैलेख : एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दैलेखको अध्यक्षमा सन्त बहादुर खड्का निर्वाचित भएका छन । एकिकृत अखिल नेपाल शिक्षक संगठन दैलेखको नवौँ अधिबशेन बाट सन्त बहादुर खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित भएको होे ।
समितिको उपाध्यक्षमा कमला भण्डारी सचिवमा प्रेम प्रसाद न्यौपाने,कोषध्यक्षमा बीर बहादुर केसी निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा गगन बहादुर बुढा मगर,पंकज बहादुर भण्डारी,लीलाराम रेग्मी,कर्ण बहादुर थापा, पुर्ण बहादुर भण्डारी,लाल बहादुर बिसी,ललित पोखरेल,झलक भण्डारी, देबीराम तिमिल्सेना,अग्नी अधिकारी,चित्र प्रसाद रिजाल,प्रमिला अधिकारी,ठिम बहादुर बराल,गंगाराम थापा रहेका छन ।
अध्यक्षमा निर्वाचित खड्काले १८ सदस्यीय कार्य समिति निर्वाचित भइसकेको र तीन सदस्य मनोनित गर्ने जानकारी दिए । उनले नवौँ जिल्ला अधिबेशन बाट प्रदेश प्रतिनिधि र केन्द्रिय प्रतिनिधि समेत छनोट गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश प्रतिनिधिमा देबिराम तिमिल्सेना र केन्द्रिय प्रतिनिधिमा बिशाखर रिजाल,गणेश सलामी मगर,सन्त बहादुर खड्का,कमला भण्डारी,प्रेम प्रसाद न्यौपाने,बिर बहादुर केसी छनोट भएका छन । खड्का शिक्षक महासंघ दैलेखको सह –अध्यक्ष र रैनादेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत रहेका छन ।