Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सडक किनारामा सामान राखे जफत गरिने

सुर्खेत  :  वीरेन्द्रनगर भित्र पर्ने रत्न राजमार्गको फोरलेन सडक खण्डको सुब्बाकुनादेखि बाँगेशीमल सडकको ठाउँ–ठाउँमा व्यक्तिगत सामग्री राखेको, गाई–भैंसी, बाख्रा बाँधेको, सवारी पार्किङ्ग, अस्थायी प्रकृतिका बजार राखेर सञ्चालन गरेपछि सडक डिभिजन कार्यालयले समान जफत गर्ने जानकारी दिएको छ ।

गत माघ २९ गते कार्यालयले फोरलेन सडक सिमा भित्रका सामानहरुले हटाउन ३५ दिने सूचना जारी गर्दै अल्टिमेटम दिएको छ । ‘विभिन्न सामानहरु सडकको सिमा भित्रै राख्दा दुर्घटनाको जोखिम त बढाएकै छ,’ कार्यालयका प्रमुख अविमन दास मुल्मीले भने पटक–पटक हटाउन मौखिम रुपमा भन्दा अटेरी बढेपछि दुर्घटनाको जोखिम न्यूनिकरण गर्न र क्रुप बनेको फोरलेन सडकलाई सौन्दर्य कायम गर्न सूचना जारी गरेका हौं ।’

कार्यालयले आगामी चैत्र ४ गतेसम्म सडकको सिमा भित्र राखेका सामग्रीदेखि सडक किनारामा पार्किङ्ग गरेका सवारी साधन हटाउने अल्टिमेटम दिएको छ । ३५ दिनभित्र सामान नहटाए स्थानीय प्रशासनसको सहयोगमा सामग्री जफतदेखि काम नलगाग्ने सामानहरु यथावस्थामा संकलित गरेर जलाइने डिभिजन प्रमुख मुल्मीले बताए ।

धुलियाविटदेखि बाँगेशीमलसम्मको करिव १० किलोमिटर फोरलेन सडकको दुरी छ । तर सडकका दुवै किनारामा अव्यवस्थित पार्किङ्ग, फुटपाथ, निर्माण र पसलका सामग्री, घरायसी सामग्री राख्दा फोरलेनको सौन्दर्यता क्रुप बनिरहेको छ ।फोरलेन सडक दायाँबायाँको कुल चौडाई ६२ मिटरमा कुनै पनि व्यापारिक र अन्य प्रयोजनका सामग्री वा सरसमानहरु राख्न पाइदैन् । तर वीरेन्द्रनगरमा अटेरी बढेपछि स्थानीय प्रशासन र वीरेन्द्रनगर नगरपालिकाको आग्रहमा सडक डिभिजन कार्यालयले सडक किनारा खाली गराउन लागेको हो ।

‘चैत्र ५ गतेबाट प्रशासनको सहयोगमा सामग्री हटाउन शुरु गर्नेछौं,’ प्रमुख मुल्मीले भने, ‘त्यसपछि सडक सिमा भित्र सामुहिक गतिविधि हाटबजार, सांस्कृति, परम्परागत भोज भतेर, सभा सम्मेलन तथा अस्थायी व्यक्तिगत सर–सामान राख्नुपर्ने अवस्थामा अनिवार्य कार्यालयबाट अनुमित लिनुपर्नेछ ।