Loading... आजः आइतवार, माघ १२, २०८२
Trending

कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ नियुक्त


काठमाडौँ  :  कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले गुरुङलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

आज आइतबार सार्वजनिक बिदा परेको कारण सोमबार नियुक्तिपत्र बुझेर उनले कार्यभार सम्हाल्ने भएका छन्। यसअघिका सीइओ अनिल कुमार उपाध्यायको कार्यकाल सकिएपछि गुरुङलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको छ। गुरुङ चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन्। सीइओका लागि आवेदन दिएका २२ जनाबाट छनोट गरेर उनलाई जिम्मेवारी दिइएको छ।