Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

गाउँपालिकाको आफ्नै प्रशासकीय भवन

दैलेख :  दैलेखको भगवतीमाई गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरेको छ । आफ्नै भवन नहुँदा भाडामा लिएर सेवा प्रवाह गरिरहेको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बाट सेवा प्रवाह सुरु गरेको हो । भगवतिमाई गाउँपालिकाका सूचना अधिकारी प्रेम बहादुर खड्काले पाँच करोड ८८ लाख ७४ हजार ५७२ को लागत अनुमान गरिए पनि पाँच करोड १५ लाख ५० हजार ४४३ रुपियाँमा सम्झौता भएको बताए । उनले स्थानीय पूर्वाधार विभाग, स्थानीय तह प्रशासकीय भवन पूर्वाधार कार्यक्रम मार्फत एक करोड २० लाख १२ हजार,राष्ट्रिय योजना आयोग, नेपाल सरकार समपूरक अनुदान कार्यक्रमबाट एक करोड ९७ लाख एक हजार ६६७ र गाउँपालिकाको एक करोड ९८ लाख २३ हजार ८८८ रुपियाँ गरी जम्मा खर्च ५ करोड १५ लाख ३७ हजार ५५५ रुपियाँमा भवन निर्माण गरिएको बताए । । उहाँका अनुसार खाम्पाचे शेर्पा निर्माण सेवा प्रा.ली काठमाडौँले २०७७ असारमा सम्झौता गरी २०७९ कात्तिकमा निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले भवन निर्माण भए सँगै भवन बाटै सेवा प्रवाह गरिएको भए पनि त्यसको औपचारिक उद्घाटन गर्न बाँकी रहेको जानकारी दिए । उनले भाँडामा लिएका घरबाट सेवा प्रवाह गर्दा निकै कठिन भएको र भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा समेत सहजता भएको बताए ।

गाउँपालिकाका लेखा अधिकृत पूर्ण बहादुर बिसीले पालिकाको आफ्नै भवन नहुँदा वार्षिक सात लाख जति घर भाडामा खर्च हुने गरेको बताए । उनले अव गाउँपालिकाको वार्षिक सात लाख रुपियाँ बच्ने बताए ।