Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा

दैलेख  :  विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिइएको छ । नागरिक आरोग्य सेवा केन्द्र भगवतीमाई गाउँपालिकाको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिएको हो ।  नागरिक आरोग्य केन्द्र भगवतीमाइ गाउँपालिकाका कविराज दिनेश थापाले गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार विद्यालयमा आयुर्वेद तथा योग शिक्षा सिकाइएको बताए । उनले गाउँपालिका बाट विनियोजन भएको बजेट बाट दुई वटा विद्यालयमामा कार्यक्रम गरिएको जानकारी दिए । उनले भने विद्यालयका पाँच सय विद्यार्थीलाई उक्त शिक्षा दिएका छौँ ।

विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा कार्यक्रमको सहजीकरण गर्दै आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका प्रमुख रामप्रसाद महोत्वले आयुर्वेद तथा योग शिक्षालाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको बताए । उनले विगत वर्ष देखी कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कार्यक्रम अनुसार विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन समेत गरिएको बताए । उनले भने पालिकाले बजेट विनियोजन गरेको पालिकामा नागरिक आरोग्य केन्द्र मार्फत कार्यक्रम र पालिकाले बजेट विनियोजन नगरेको स्थानीय तहमा आयुर्वेद स्वास्थ्य केन्द्र बाट कार्यक्रम गरिएको छ ।

आयुर्वेद तथा योग शिक्षा सम्बन्धी विद्यार्थीहरूलाई आयुर्वेदको परिचय, आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडीबुटीबारेमा जानकारी, दिनचर्या र रात्रि चर्या, ऋतु चर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराइएको कार्यालय प्रमुख महोत्वले जानकारी दिए ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले आयुर्वेद र योग शिक्षाका विषयमा विद्यार्थी,राजनितिक दलका नेता तथा कार्यकर्ता र शिक्षक ,समाजसेवी र विद्यार्थीलाई सिकाउनु पर्ने बताए । उनले विगतमा हाम्रो पुर्खाहरूले गर्दै आएको सेवा नै आयुर्वेद रहेको बताउँदै त्यस तर्फ पालिकाले आगामी वर्ष थप बजेट विनियोजन गरी कार्यक्रम सबै विद्यालयमा पु¥याउने बताए ।