बसको ठक्करबाट घाइते महिलाको मृत्यु
सुर्खेत : सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो अन्दाजी २ः ३० बजेतिर बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ति महिलालाई ठक्कर दिएको हो ।
नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६६ वर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । उनकअनुसार बसपार्क भित्रै घटनाको कारण भने खुलेको छैन् ।
जिल्ला प्रहरी सुर्खेतले बसलाई नियन्त्रणमा लिएको र घटना बारे अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।