Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

दैलेख :  नारायण नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो । नारायण नगरपालिका –१ मा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिएका नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।

नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख पूर्ण प्रसाद उपाध्यायले विद्यालय स्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको प्रतियोगिताको बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा निवर्तमान सदस्य रबिन्द्रराज शर्माले खेलकुदको माध्यम बाट नगरपालिकाको पहिचान दिन सक्नु पर्ने बताए । उनले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएर कार्यक्रम संञलन गर्नु पर्ने बताए ।

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै खेलाडी उत्पादन र खेलको विकासका लागी नगरपालिकाले विशेष योजना ल्याउने बताए । उनले प्रतियोगितामा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड, रिले दौड,हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डी,फुटबल लगायतका प्रतियोगिताहरू सञ्चालन गरिने जानकारी दिए ।

नगर उप प्रमुख तप्ता कुमारी थापाले खेललाई मर्यादित र ब्यबस्थीत रुपमा सम्पन्न सबन्धित निकायलाई आग्रह गरेकी छिन । उनले खेलकुदको माध्यम बाट नगरपालिकालाई चिनाउँन सहयोग पुग्ने विश्वास आफु लिएको बताइन ।

नारायण नगरपालिका–६ का वडाध्यक्ष एवम नगरपालिकाका प्रवत्ता जनक प्रसाद न्यौपाने खेलक्षेत्रको उन्नती र प्रगतीका लागी सबै सरोकारवाला निकायको ध्यान जान जरुरी भएको बताए । उनले प्रतियोगिता बाट छनोट भएका खेलाडीले जिल्ला प्रदेशमा विभिन्न विद्यामा प्रथम हुन सक्ने क्षमता राख्नु पर्ने बताए ।