भागबण्डा टुंग्याउन बालुवाटारमा सत्ता साझेदार दलको बैठक
काठमाडौं : सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा मन्त्रिपरिषद् पूर्णता, सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ। बैठकमा प्रधानमन्त्रफी पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।
सोमबार विहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच बालकोटमा झण्डै ५ घण्टा छलफल भएको थियो। सो क्रममा मन्त्रिपरिषद्लाई पूर्णता दिने र सभामुख निर्वाचनबारे छलफल भएको थियो।