Loading... आजः शनिबार, मंसिर १५, २०८१
Trending

सहकार्य सहअस्तित्व र समन्वयका साथ काम गर्छौ : अध्यक्ष केसी

दैलेख  :  डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले गाउँपालिकाको समृद्धि र विकासका लागी सहकार्य सहअस्तित्व र समन्वय गर्न आफू तयार रहेको बताएका छन् । उनले गाउँपालिकाका जनताको जीवन स्तरमा परिवर्तन ल्याउनका आफूहरू सबै निकाय सँग समन्वय गर्न तयार रहेको बताएका हुन ।

सोमवार डुङ्गेश्वर गाउँपालिका,संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ ग्रिन रिकभरी परियोजनाको पालिका स्तरीय समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरो बताएका हुन ।
उनले परियोजना पालिकाको सहकार्यमा कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा, एकल महिला, घरेलु हिंसा, अपाङ्गता भएका र विपन्न वर्गका कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको परियोजनाले हाल सम्म सञ्चालन गरेका काम अत्यन्तै प्रभावकारी रहेको बताउँदै आगामी दिनमा समेत परियोजनाका निरन्तरताका लागी आफूहरू तयार रहेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष कलावती न्यौपाने परियोजनाले सञ्चालन गरेको विभिन्न क्रियाकलापको अनुगमन जाँदा कार्यक्रम प्रभावकारी भएको र त्यसका लागी पालिकलाले संकलन केन्द्र निर्माणका लागी आवश्यक पहल गर्ने बताइन । उनले अनुगमनमा जाँदा किसानले राम्रो गर्नुभएको छ । हामीले उत्पादन गरेको तरकारी संकलन वा बिक्री वितरणका लगी पहल गरिदिनु भन्नुभएको छ । हामी त्यसका लागी तयार छौ ।

महिला सशक्तीकरण मञ्च नेपालका कृषि प्राविधिक संयोजक दिवस केसीले परियोजना सञ्चालन भए देखी हाल सम्म ८५ प्रतिशत बजेट खर्च भएको बताए । उनले हाल सम्म पालिका र परियोजनाको सहकार्यमा भएका काम र बाँकी रहेका कामको विषयमा जानकारी दिएका थिए ।

महिला सशक्तीकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसीले परियोजनाले गाउँपालिका र परियोजनाको सहयोगमा शत प्रतिशत भन्दा पनि नागरिकको समेत लगानीमा योजनाहरू सञ्चालन गर्नु पर्ने बताइन । उनले परियोजनाले सहयोग गर्ने बेला सम्म मात्र भन्दा पनि परियोजना नहुँदा पनि यहाँका किसानलाई व्यावसायिक तरकारी खेती गर्न पालिकाले समेत उत्प्रेरणा जगाउनु पर्ने बताइन ।

डुगेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र खड्काले परियोजनाले लिएको लक्ष्य उद्देश्य अनुसार कार्यक्रम सञ्चालन हुँदा गाउँपालिकाका नागरिक लाभान्वित भएको बताए । उनले आगामी दिनमा समेत परियोजनाको निरन्तरताको लागी पालिका सहयर्काका लागी तयार रहनु पर्ने बताए ।