Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

काठमाडौं :  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाण पत्र दिएको छ। आइतबार आयोग परिसरमा कार्यक्रम गरेर आयोगले समानुपातिक सांसदलाई प्रमाण पत्र उपलब्ध गराएको हो। प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना सांसदलाई आयोगले प्रमाण पत्र दिएको हो।

प्रदेशसभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सदूरपश्चिममा २१ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

प्रतिनिधि सभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट जितेका थिए।