Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

छाउपडी अभियन्ता हुँदै सांसदको यात्रामा

अमृत बहादुर प्याकुरेल / कमल शर्मा
दैलेख  : दश वर्षे जनयुुद्धको बेला सामाजिक कुसंस्कारमा रहेको छाउ प्रथा हटाउन माओवादी केन्द्रले महिनावारी भएर गोठमा सुतेका महिलाहरूलाई जबरजस्ती घरमा ल्याएर राखे । तर माओवादी शान्ती प्रक्रियामा आएपछि गाउँका प्रत्येक घरमा छाउँगोठहरु ठडिए र महिलाहरु पुन छाउ बार्न गोठमा बस्न थाले । माओवादीको ज्यादती मन नपरेको भए पनि माओवादीले सुरु गरेको छाउपडी प्रथा विरुद्धको आन्दोलनले राम्रो लाग्यो गमता बिकलाई ।
शान्तिप्रियता पछि गाउँमा विभिन्न गैर सरकारी सस्थाहरुले चहल पहल बढ्यो । सामान्य लेखपढ गर्न समेत नसक्ने गमता बिक गाउँमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थाल्नुभयो । २०६६ सालमा महिला सशक्तिकरण मञ्च नेपाल दैलेख द्धारा सञ्चालन गरेको सशक्तीकरण शिक्षा कार्यक्रम द्वारा प्रौढ शिक्षामा सहभागी भइन । प्रौढ शिक्षा लिएपछि गमताले थालीन छाउँपडि अभियान ।

छाउपडी प्रथा विरुद्धको अभियान चलाउन पहिला आफ्नै घर बाट विद्रोह गर्नु पर्ने थियो । त्यस पछि श्रीमान् सँग विद्रोह गर्दै महिनावारी भएको बेला के बिगी्रदो रहेछ भनेर घरमै बस्न थालीन । महिनावारी भएको बेला घरमै बसेका थाहा पाएपछि गाउँलेले बिग्रेको आइमाई भने तर उनी डराइनन । महिनावारी भएकै बेला श्रीमान् घरमा नभएको बेला भैँसी समेत दोएर आफ्ना छोरा छोरीलाई खुवाइन । महिनावारी भएको बेला जबरजस्ती घरमा राख्दा केही नभएको देख्नुभएकी उनलाई लाग्यो यसका लागि सबै भन्दा चेतनालाई नै ठुलो कुरा रहेछ ।

न तलब भत्ता ,न कतैबाट प्रशंसा । उल्टै गाली पाउँदासमेत हरेस नखाएर छाउपडी प्रथा न्यूनीकरणका लागि लागि घरदैलोमा पुगेर महिलाहरूलाई सुसूचित गर्दै छाउ प्रथा धार्मिक अन्धविश्वास भन्ने सन्देश दिइन । उनले महिनावारी भएको बेला पोषणयुक्त खाना खानु पर्छ समेत भनेर भनिन । त्यस अभियानलाई सहयोग गर्न तत्कालीन लकान्द्र –४ की रुपा विक, सिंगौडी –२ की कृष्णा शाही समेतले सहयोग गरेपछि उनीमा थप हौसला प्राप्त भयो । उनले भनिन उहाँहरूले हौसला र साथ नदिएको भए मेरो अभियानले सार्थकता पाउने थिएन त्यस कारण यो अभियानमा सहयोग गर्ने उहाँहरूलाई सधैँ सम्झिरहन्छु ।
समाजीक कुसस्रका रूपमा रहेको छाउपडी प्रथा हटाउन पहिला महिलालाई नै सचेत पारेको अभियन्ता गमता बिकले बताइन । उनले तत्कालीन गाविसमा रहेका आमा समूह बैठक,सहकारीका बैठकमा जम्मा हुने र त्यहाँ छाउपडी हटाउने प्रस्ताव ल्याएर पास गरेपछि थप अन्य महिलाहरू सो अभियानमा जोडिएको बताइन । उनले भनिन धेरैले कुरा काट्दै हिँडे पनि पछि धेरैले बिस्तारै पत्याए । समाज रूपान्तरण हुन केही समय लाग्दो रहेछ सुरुवात कसले गर्ने भन्ने मात्र रहेछ । आजभोलि आफ्नो गाउँघरमा छाउगोठ कमै छन् । सुधारिएको (घरभित्रै) छाउपडी मान्छन् ।

गाउँमा महिनावारी भएको बेला एकै शौचालय समेत प्रयोग गर्न नपाइने अवस्था थियो अहिले सबैले एकै शौचालय प्रयोग गर्छौ । उनले भनिन प्रत्येक महिनामा कम्तीमा ५ देखि १३ दिनसम्म महिनावारी र सुत्केरी (छाउ) भएका महिलाहरू घरदेखि अलग्गै बनाइएका गोठमा बस्ने प्रचलन हो छाउपडी । स्त्रीको रजस्वलाको अवस्थालाई छुइनेरि, छाउ भएको भन्ने गरिन्छ । जुन गोठहरू स–साना र हावा तथा प्रकाश नछिर्ने खालका हुन्छन् । यसलाई मासिक धर्म हुने, नछुने हुने, पर सराई, रजस्वला, छाउ, पर सरेकी वा नछुने भएकी पनि भनिन्छ । बेग्लै सानो घर, त्यो पनि नहुनेले चौयापासंगै गोठमा, गोठसमेत नभएकाले खुला आकाशमुनि सुत्नुपर्ने बाध्यता छ । आमा, छोरी र बुहारी गर्दै छाउपडीमा बस्ने क्रम दैनिक जसो चलिरहन्छ । छाउपडी बस्दा दूध, दही जस्ता पोषणयुक्त खानेकुरा खुवाइँदैन ।

सामाजिक अभियन्ता भएपछि गाउँले सबैले चिने । त्यसपछि नेकपा एमाले बाट राजनैतिक सुरु गर्नु भएकी उनी पार्टीका विभिन्न कमिटीमा आबद्ध भइन र अहिले पार्टीको प्रदेश कमिटीमा आबद्ध छिन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा आठबिस नगरपालिकाको नगर उप प्रमुखको उम्मेदवार भई नेपाली काँग्रेसकी दिपा बोहरा सँग पराजित भएकी उनी यस पटक कर्णाली प्रदेश सभा सदस्यमा समानुपातिकमा बसेकी थिइन । शनिवार नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन आयोगमा बुझाएको प्रदेश समानुपातिकमा दलित बाट सिफारिस भए सँगै उनको प्रदेश सभा सदस्य हुने निश्चित भएको हो । २०३० सालमा जन्मीनुभएकी उनका श्रीमान,एक छोरा एक छोरी छन ।