सोमवार देखी निर्वाचन आचारसंहिता खारेज हुदै
काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते ९भोलि० देखि लागू नरहने निर्णय गरेको छ। आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो।
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ।