व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै
कमल शर्मा
दैलेख : निर्वाहमुखी र परम्परागत रूपमा तरकारी खेती गर्दै आएका दैलेखको डुगेश्वर गाउँपालिका २,३ का कृषक व्यावसायिक रूपमा तरकारी खेती गर्ने लागेका हुन । कोरोना महामारी कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा,घरेलु हिंसामा परेका महिला र एकल महिलाहरू तरकारी खेती बाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेका हुन ।
कोरोना महामारीका कारण स्वदेश फर्केका र निर्वाहमुखी तरकारी खेती गरिरहेको किसानलाई डुङ्गेश्वर गाउँपालिका,संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको सहयोगमा गाउँपालिका –२ र ३ वडाका दुई सय ५० कृषकलाई ब्यबसायिक तरकारी उत्पादन गर्नका लागि प्रतिजना ५० केजी आलुको बिउ लगायत अन्य तरकारीको बिउ वितरण गरेपछि उनीहरूलाई व्यावसायिक तरकारी खेत गर्न सहज भएको छ ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले रोजगारी गुमाएर स्वदेश फर्केका युवा,एकल महिला र घरेलु हिंसामा परेका महिलाहरूको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको साझेदारीमा सञ्चालन भएको कोभिड–१९ ग्रिन रिकभरी परियोजना बाट कृषकहरूले राम्रो र व्यावसायिक तरकारी खेती गरेको बताए । उनले गाउँपालिकामा रहेका कृषि प्राविधिक मार्फत नियमित अनुगमन र आवश्यक पर्ने औषधी लगायतका विषयमा सहयोग गरेको बताए । उनले भने पालिका र परियोजनाको सहयोगमा २० जना कृषकलाई प्लास्टिक टनेल घर,बाख्रा वितरण र खोर निर्माणमा समेत सहयोग गरिएको छ ।
डुङ्गेश्वर गाउँपालिका –२ लुकारीकी हरिकला बोहराले निर्वाह र गुजारामुखी तरकारी खेती गर्दै आएको भए पनि परियोजनाको सहयोगमा अहिले व्यावसायिक तरकारी खेती गरेको बताइन । उनले परियोजनाले एकल महिलाहरूको आय आर्जनमा टेवा पु¥याउन आवश्यक बिउ वितरण गरेको र त्यसैका आधारमा आफूहरूले तरकारी खेती गरिरहेको बताइन । उनले भनिन् तरकारी खेती सुरु गरेपछि गाउँपालिकाका प्राविधिक र परियोजनाका प्राविधिक आएर तरकारीमा लाग्ने रोग र त्यस बाट बचाउने उपाय समेत बताइदिएपछि आफूहरूलाई सहज समेत भएको छ ।
महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले रोजगारी गुमाएर स्वदेश फर्केका र रोजगारी खोजी रहेका र कृषि व्यवसायमा लाग्ने कृषकहरूलाई परियोजनाले सहयोग गरेको बताइन । उनले कृषकहरूमा समेत आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावना जागृत भएका कारण परियोजनाले सहयोग गरेका कृषकले राम्रो तरकारी खेती गरिरहेको बताइन ।