Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पन्ध्र सय बढी सवारी सधान कारबाहीमा

दैलेख  :  जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा एक हजार ५१५ वटा सवारी सधान कारबाहीमा परेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले आयोजना गरेको सार्वजनिक सुनुवाइमा आर्थिक वर्ष २०७९०/८० को प्रथम चौमासिक अवधिमा उक्त जानकारी दिइएको छ । जिल्ला ट्राफिक कार्यालयले दुई हजार पाँच सय सवारी सधान चेकिङ गर्दा एक हजार ५१५ वटा सवारी सधान कारबाही गरी ११ लाख ६६ हजार पाँच सय जरिवाना काटेको जानकारी दिएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक जगत् बहादुर कठायतले सवारी चेकजाँच गर्दा ११ लाख ६६ हजार पाँच सय जरिवाना काटे पनि चार लाख ८९ हजार रकम जम्मा नगरिएको बताए । उनले तोकिएको भन्दा बढी भाडा लिने, ट्राफिक नियमको पालना नगर्ने सवारी सधानहरूलाई कारबाही गरिएको बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद शाहले जिल्लाका विभिन्न भूभागमा जाने सवारी सधानले बढी यात्रु बोक्ने र तोकिएको भाडाभन्दा बढी भाडा लिने सवारी सधानलाई कारबाही गरिएको बताए ।

उनले आर्थिक वर्षको पहिलो चौमासिकमा जबरजस्ती करणीका चार मुद्दा,बहुविवाहका दुई मुद्दा,लागु औषधका दुई मुद्दा,अभद्र व्यवहारका पाँच मुद्दा र झुठा आरोपका १२ मुद्दा परेको बताए । उनले जिल्ला अदालत दैलेख बाट फैसला भई जरिवाना र सजाय तोकिएका नौ जना पक्राउ गरी ८९ हजार ८९ रुपियाँ जरिवाना असुल गरेको बताए । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक समाजका अगुवाहरूले प्रहरी सूचना मैत्री हुनु पर्ने धारणा राखेका थिए ।