Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

किल्ला ढाल्ने र जोगाउने कसरतमा दलहरु


कमल शर्मा
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा रहेका राजनैतिक पार्टी आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा व्यस्त छन् । एकै दिन जिल्लाका विभिन्न भूभागमा पुगेर चुनावी सभा र भेटघाटलाई तीव्रता दिँदै आएका छन् । जिल्लामा रहेका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा सत्ता गठबन्धन र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाका दुवै प्रतिनिधि सभा र प्रदेश सभामा अङ्कगणितमा अघि देखिएको सत्ता गठबन्धन विजय सुनिश्चित गर्न लागि परेको छ भने नेकपा एमाले आफ्नो विरासत जोगाउने कसरतमा लागेको छ ।

२०६४ सालको भएको पहिलो संविधान सभाको निर्वाचनमा दुई क्षेत्र मध्ये नेपाली काँग्रेस र नेकपा एमालेले एक एक वटा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेका थिए । २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचन दुई वटै क्षेत्र र २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई वटा प्रतिनिधि सभा र चार प्रदेश सभा जितेको थियो । पहिलो संविधान सभाको मध्यपश्मिका १५ जिल्ला मध्ये एक वटा मात्र जितेको काँग्रेस त्यस यताका निर्वाचनमा पराजय भोग्दै आएको छ ।

दैलेख निर्वाचन क्षेत्र नः १ मा सत्ता गठबन्धन दल बाट एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष अम्मर बहादुर थापा र नेकपा एमालेका रबिन्द्रराज शर्मा चुनावी प्रतिस्पर्धामा छन । सत्ता गठबन्धन बाट उम्मेदवार बन्नुभएका थापा सत्ता गठबन्धन बाहेक एमालेका मत समेत लिएर जित्ने दाउमा हुँदा एमालेका रबिन्द्रराज शर्मा भने काँग्रेसको उम्मेदवार नभएका कारण काँग्रेसका मत लिएर निर्वाचन जित्ने दाउमा रहेका छन ।

त्यस्तै निर्वाचन क्षेत्र नः २ मा नेकपा एमाले बाट लक्ष्मी प्रसाद पोखरेल सँग सत्तागठबन्धनदल नेपाली काँग्रेसका दिक्पाल कुमार शाही चुनावी प्रतिस्पर्धामा छन । शाही २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा एमालेका राज बहादुर शाही सँग पराजित भएका थिए । त्यस्तै दैलेख निर्वाचन क्षेत्र न ः १ को प्रदेश सभा (क)मा एमालेका धर्मराज रेग्मी सँग नेपाली काँग्रेसका पूर्ण बहादुर खत्री चुनावी मैदानमा छन ।

रेग्मी नेकपा हुँदा माओबादी केन्द्र बाट टिकट पाएर २०७४को प्रदेश सभा सदस्यमा निर्वाचनमा विजयी भएका थिए । उनले नेपाली काँग्रेसका कृष्ण कुमार बिसीलाई पराजित गरेका थिए । । त्यस्तै प्रदेश सभामा (ख)मा सत्ता गठबन्धन बाट नेपाली काँग्रेसका कृष्णकुमार बिसी सँग एमालेका प्रेम बहादुर थापा चुनावी प्रतिस्पर्धा छन । । मतदाताका बिच प्रेम बहादुर थापा नयाँ अनुहार हुन भने कृष्ण बिसी एक पटक पराजित भइसकेका नेता हुन ।
दैलेख निर्वाचन क्षेत्र नः २ को (क) प्रदेशमा एमाले बाट तिलक प्रसाद रिजाल सँग सत्ता गठबन्धन बाट नेपाली काँग्रेसका घनश्याम भण्डारी चुनावी प्रतिस्पर्धामा छन । उनीहरु प्रदेश सभाका लागी दुवै नयाँ अनुहार हुन । २०४९ सालको निर्वाचनमा दुल्लु गाविसको अध्यक्ष भएर काम गरेका रिजाल र २०७४ सालको स्थानीय निर्वाचनमा दुल्लु नगरपालिकाको नगर प्रमुख भएर काम गरेका भण्डारी बिचको प्रतिस्पर्धा रोचक बन्दै छ । त्यस्तै प्रदेश सभा (ख)मा एमालेका विनोद कुमार शाह र सत्ता गठबन्धन दल नेकपा माओबादी केन्द्रका योगेन्द्र शाही बिच कडा प्रतिस्पर्धा हुने भएको छ। उनीहरू समेत प्रदेश सभाका लागी नयाँ अनुहार हुन । योगेन्द्र शाही प्रदेश सभाको उम्मेदवारका लागी एमाले बाट सिफारिस भएपनि टिकट नपाए पछि माओबादी केन्द्रमा प्रवेश गरी टिकट पाएका थिए ।

सत्ता गठबन्धनका उम्मेदवारहरूले सत्ता गठबन्धन दलमा आबद्ध सबै दल इमानदार भएको खण्डमा जिल्लाका दुई वटै प्रतिनिधि सभा र प्रदेश सभामा विजयी प्राप्त हुने बत्ताइरहँदा नेकपा एमाले भने सत्ता गठबन्धन दल त्रि खेलेर त्यहाँ बाट मत लिने र आफ्नो पुरानो विरासत कायम राख्ने कसरतमा रहेको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका रबिन्द्रराज शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागी लिएका लक्ष्य पुरा गर्न एमालेलाई जिताउनु पर्ने बताएका छन ।