राकम नयाँ सहरमा सिसी क्यामरा जडान
दैलेख : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र धाँधली रहित सम्पन्न गर्न आठविस नगरपालिकाको केन्द्र राकम कर्णाली बजारमा सिसि क्यामरा जडान गरिएको छ । आठविस नगरपालिकाको सहयोगमा राकम कर्णाली बजार क्षेत्रमा नौ वटा सिसि क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले कर्णाली राजमार्गको सेन्टर पर्ने कर्णाली बजारमा शान्ति सुरक्षा, र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सिसी क्यामरा जडान गरिएको बताए । उनले नेपाल सरकारले तोकेको १० नयाँ सहर मध्ये रामक पनि नयाँ सहर भएको र त्यहाँको बस्ती विकास तीव्र रूपमा बढ्दै गएपछि हुन सक्ने अपराधलाई न्युनीकरणगर्ने उद्देश्यले उक्त क्यामरा जडान गरिएको बताए ।
सिसि क्यामरा जडानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारीले बजार क्षेत्रमा हुने अपराधीक क्रियाकलापको नियमित अनुगमन,कर्णाली राजमार्गमा हुन सक्ने दुर्घटना, लगायत विषयमा एकै ठाउँमा बसेर हेर्न सकिने गरी सिसी क्यामरा जडान गरिएको बताए । उनले आसन्न निर्वाचनका सन्दर्भमा शान्ति सुरक्षाका हिसाबले कर्णाली अलि बढी संवेदनशील क्षेत्र भएकाले पनि सिसी क्यामरा जडान गरिएको बताए ।
आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बहादुर बडूवालले प्रहरीलाई शान्ति सुरक्षा प्रदान गर्न सहज पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा सिसी क्यमरा खरिद गरि जोडिएको बताए ।
उनले नयाँ सहरमा बस्ती विकास सँगै युवाहरू कुलतमा फस्ने र त्यसका मारमा सिङ्गो समाज पर्नेुभएकाले सूक्ष्म ढङ्गले अनुसन्धान गर्न प्रहरीलाई सहयोग पुग्ने विश्वास आफूले लिएको बताए ।