दैलेखमा पुग्यो मतपत्र,निर्वाचन अधिकृतको कार्यलयमा भण्डारण
दैलेख : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र जिल्ला आइपुगेको छ । निर्वाचनका लागी आवश्यक पर्ने ७३ सामाग्री मध्ये जिल्लामा खरिद गर्नु पर्ने १५ प्रकारका सामाग्री बाहेक आयोग बाट ५८ प्रकारका सामाग्री र मतपत्र जिल्लामा बुधवार जिल्ला आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी टिकाराम न्यौपानेले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्र्तगत प्रत्यक्ष तर्फ क्षेत्र ः १ का लागी ७८ हजार प्रदेश सभा तर्फ(क)का लागी ४० हजार र (ख)का लागी ४८ हजार थान मतपत्र आएको जानकारी दिए । उनले त्यस्तै सामानुपातिक तर्फ ८८ हजार मतपत्र आएको जानकारी दिए । उनले त्यस्तै निर्वाचन क्षेत्र न २ का लागी प्रत्यक्ष तर्फ ८९ हजार मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ प्रदेश सभातर्फ (क) लागी ४४ हजार र (ख) का लागि ४६ हजार थान मतपत्र आएको छ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाले बुधवार निर्वाचन आयोग बाट आएको टोलीले निर्वाचन क्षेत्र न १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नः २ को निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा मतपत्र बुझाइएको बताइन । उनले नेपाली सेनाको सुरक्षाघेरमा ल्याइएको मतपत्र मुख्यनिर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको बताइन । दैलेखमा निर्वाचन क्षेत्र नः १ मा कुल मतदाता एक लाख ५८ हजार ९५८ जना रहेका छन ।