Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पहिलो पटक फुटबल प्रतियोगिता


दैलेख  :  जिल्लाको भगवतीमाई गाउँपालिकामा पहिलो पटक फुटवल प्रतियोगीता संचालन गरिएको छ । भगवतिमाई गाउँपालिका र भगवतिमाई गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वडा स्तरीय फुटबल (७ ए साइड) प्रतियोगिताको सुरु भएको हो । सोमवार गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले उक्त प्रतियोगीताको उद्दघाटन गरेका छन ।

उद्दघाटन कार्यक्रममा बोल्दै अध्यक्ष गणेश बहादुर थापाले गाउँपालिकामा रहेका युवाहरुलाई खेलकुदमा जोड्न आफु निर्वाचित भए पछि पहिलो कार्यपालिकाको बैठक बाट आवश्यक बजेट बिनियोजन गरेको बताए । उनले खेलकुदको माध्यम बाट गाउँपालिकालाई देश तथा बिेदशमा चिनाउँनका लागी फुटवल प्रतियोगिता महत्वपुर्ण ुभमिका हुने बताए । गाउँपालिकाले खेलाडी उत्पादन गर्ने उद्देश्यले भविबल प्रशिक्षक राखेको बताउँदै अन्य खेलकाका गतिविधि बढेको खण्डमा अन्य खेलको प्रशिक्षक समेत ब्यबस्था गर्न गाउँपालिका तयार रहेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मिना खड्का थापाले खृेल मार्फत गाउँपालिकालाई चिनाउँनका लागि खेलाडीको महत्वपुर्ण भुमिका हुने बताइन । उनले गाउँपालिकाले खेलकुदका क्षेत्रमा समेत बजेट बिनियोजन निरन्तर गर्ने बताईन । उनले खेललाई रोचक बनाउँनका लागी खेलाडीले बिना बिवाद खेल खेल्नु पर्ने बताइन ।

भगवतीमाई खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर खड्काले गाउँपालिकामा रहेका युवाहरुलाई खेलकुदमा जोड्नका लागी खेलकुद विकास समितिले प्रत्येक वर्ष प्रतियोगिता संचालन गरिरहेको बताए । उनले खेलकुद प्रतियोगिता मार्फत गाउँपालिकामा खेलाडी उत्पादन गर्ने र दक्ष खेलाडीहरूलाई विभिन्न पालिका तथा जिल्लामा हुने प्रतियोगितामा सहभागी गराउँने उद्देश्य रहेको बताए ।

उनले भने प्रतियोगिताबाट प्रथम हुने खेलाडी टिमले ३० हजार रुपैयाँ नगर सिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमले १५ हजार रुपैयाँ नगर सिल्ड, मेडल र प्रमाण पत्र, उत्कृष्ट खेलाडीले एक हजार पाँच सय रुपैयाँ नगद ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
वडा स्तरीय फुटबल प्रतियोगिताको अवसरमा भगवतीमाई गाउँपालिकाले ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई स्वर्ण पदक बिजेता भगवतिमाई गाउँपालिका निवासी चन्द्रकला थापालाई नगद प्रमाण पत्र र दोशाल्ला ओढाएर सम्मान गरिएको छ । अध्यक्ष खड्काले त्रिभुवन आर्मी क्लव बाट सहभागी भएर स्वर्ण पदक जित्ने गाउँपालिकाको खेलाडीलाई खेलकुद विकास समितिले नगद ३५ हजार रुपैया सहीत पुरस्कृत गरिएको बताए ।