Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

केन्द्रिय सदस्य खाणलाई पार्टीले जिम्मेवारी बाट हटायो


दैलेख  :  आगमी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी केन्द्रको निर्णय बिरुद्ध उम्मेदवारी दिएको भन्दै  केन्द्रिय सदस्य टेक बहादुर खाणलाई पार्टीले जिम्मेवारी बाट हटाएको छ । एकिकृत समाजबादी पार्टीका महासचिव डाक्टर बेदुराम भुसालले एक बिज्ञप्ती जारी गर्दै पार्टीको सम्पुर्ण जिम्मेवारी बाट हटाइएको पत्र प्रदेश अध्यक्षलाई पठाएका छन ।

खाणलाई हटाएको पत्र एकिकृत समाजबादीका प्रदेश कमिटी अध्यक्ष एवम दैलेख निर्वाचन क्षेत्र नः १ बाट सत्ता गठबन्धनका उम्मेदवार अम्मर बहादुर थापाले आफ्नो फेसबुक मार्फत जिम्मेवारी बाट हटाइएको पत्र सार्वजनिक गरेका छन ।

नेकपा एमाले बाट दुई पटक संबिधान सभा सदस्य र एक पटक प्रदेश सभा सदस्यमा उम्मेदवार भई दुई पटक बिजयी भएका थापालाई पार्टीले टिकट दिएको र आफुहरुलाई अन्याय गरेको भन्दै खाणले दैलेख निर्वाचन क्षेत्र नः १ को प्रदेश सभा (ख)मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले आफुले टिकट नपाउँदा समेत निर्वाचनमा सहभागी भई बिजयी बनाउँदा समेत आफुहरुलाई अवसर नदिएर आफनो लागी मात्र बोल्ने गरेपछि बाध्य भएर उम्मेदवारी दिएको बताउने गरेका छन ।