चुनावी मैदानमा पुरानै अनुहार
दैलेख : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा दैलेख जिल्लाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा पुरानै अनुहार दोहोरिएका छन् । दैलेख निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका रबिन्द्रराज शर्मा शर्मा प्रतिनिधि सभामा पुन दोहोरिएका छन भने सत्ता गठबन्धन बाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादी पार्टी बाट प्रतिनिधि सभा उम्मेदवार बनेका अम्मर बहादुर थापा चौथो पटक निर्वाचन लड्दै छन ।
रबिन्द्रराज शर्मा बिस २०७४ मा भएको प्रतिनिधि सभामा नेपाली काँग्रेस र राप्रपा बाट उम्मेदवार बनेका दीपक बहादुर शाहीलाई पराजित गरेका थिए । थापा भने नेकपा एमाले बाट २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका गणेश बहादुर खड्का सँग पराजित भएका थिए । बिस २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका गणेश बहादुर खड्कालाई पराजित गरेका थापा बिस २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा नेकपा बाट दैलेख निर्वाचन क्षेत्र १ को (ख) प्रदेश सभामा उम्मेदवार भएर नेपाली काँग्रेसका जगतजग थापालाई पराजित गरी विजयी भएका थिए ।
दैलेख निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभामा पुरानै अनुहार दोहरिएका छन् । नेकपा एमाले बाट उम्मेदवार बनेका लक्ष्मी प्रसाद पोखरेल २०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका थिए । उनले नेपाली काँग्रेसका हिम बहादुर शाहीलाई पराजित गरेका थिए । सत्ता गठबन्धन बाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दिक्पाल शाही विस २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । उनलाई नेकपा एमालेका उम्मेदवार राज बहादुर शाहीले पराजित गरेका थिए ।
दैलेख निर्वाचन क्षेत्र नः १ मा विस २०७४ मा भएको प्रदेश सभामा नेकपा बाट उम्मेदवार भई विजयी हुनुभएका धर्मराज रेग्मी पुन प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका छन । उनी सँग नेपाली काँग्रेसका निर्वमान पार्टी सभापति कृष्ण कुमार बिसी पराजित भएका थिए । अहिले धर्मराज रेग्मी सँग प्रदेश सभामा निर्वाचनमा नेपाली काँग्रेसले पार्टीका पर्बु कोषाध्यक्ष पूर्ण बहादुर खत्रीलाई निर्वाचनमा उम्मेदवार बनाएको छ । पूर्ण खत्री भने पहिलो पटक संसदीय निर्वाचन लड्दै छन ।
निर्वाचन क्षेत्र १ को (ख)मा भने नेपाली काँग्रेसका कृष्ण कुमार बिसी उम्मेदवार बनेका छन । अघिल्लो पटक आफ्नै निर्वाचन क्षेत्र बाट पराजित भएका बिसीलाई यस पटक प्रदेश (ख)मा ल्याएर उम्मेदवार बनाइएको छ । नेकपा एमाले बाट प्रदेश सभा (ख)मा प्रेम बहादुर थापा चुनावी प्रतिस्पर्धामा छन । थापा जिल्ला समन्वय समिति दैलेखको निवर्तमान प्रमुख हुन ।
दैलेख निर्वाचन क्षेत्र २ को (क) प्रदेशमा (क)मा नेकपा एमालेका उम्मेदवार तिलक प्रसाद रिजाल र सत्ता गठबन्धन बाट नेपाली काँग्रेसका घनश्याम भण्डारी चुनावी प्रतिस्पर्धा हुने भएको छ । तिलक रिजाल विस २०५४ मा भएको स्थानीय तहको निर्वाचनमा दुल्लु गाविस अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी घनश्याम भण्डारी दुल्लु नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन ।
निर्वाचन क्षेत्र २ को (ख) प्रदेशमा नेकपा एमाले बाट उम्मेदवार बनेका विनोद कुमार शाह पनि जनताबाट अनुमोदित भइसकेका नेताहुन । उनले विस २०५१ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी बाट प्रतिनिधि सभा उम्मेदवार बनेर विजयी भएका उनी पुर्व जलस्रोत सहायक राज्यमन्त्री समेत भइसकेका छन । सत्ता गठबन्धन बाट उम्मेदवार बन्नुभएका योगेन्द्र शाही मात्र नयाँ अनुहार हो । उनी कर्णाली प्रदेश योजना आयोगमा सदस्य भए पनि अहिले सम्म जनता बाट अनुमोदित भएका छैन्न ।