प्रत्यक्षतर्फको एक करोड ५५ लाख मतपत्र छापियो
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक करोड ५५ लाख मतपत्र छापिएको छ । प्रदेशसभातर्फ ७८ लाख र प्रतिनिधिसभातर्फ ७७ लाख मतपत्र छापिसकिएको छ । प्रत्यक्षतर्फको मतपत्र कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको सबै छापिसकिएको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुषालले बताए ।
प्रत्यक्षतर्फको मतपत्र कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको सबै छापिसकिएको निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुषालले बताए ।
यस्तै, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको मात्र छाप्न बाँकी रहेको उनले बताए । कात्तिक २० गतेभित्र प्रत्यक्षतर्फको मतपत्र छापिसक्ने उनले बताए । २२ गतेबाट प्रत्यक्षतर्फको मतपत्र ढुवानी थालिने छ ।
समानुपातिक तर्फको मतपत्र भने यसअघि नै छापेर सकिएको छ । समानुपातिक तर्फको मतपत्र ढुवानी समेत अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।
मतपत्र छपाइको काम ज्यादै संवेदनशील विषय भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । मतपत्र छपाइ भइरहेको क्षेत्रमा जो कोहीलाई जान बन्देज गरिएको छ ।