Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

जुम्लाका दुर्गाले दिलाए कर्णालीलाई पहिलो पदक

सुर्खेत  :  पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लाका दुर्गाबहादुर बुढाले कर्णालीलाई पहिलो पदक जिताएका छन् । प्रतियोगितामा जारी एथ्लेटिक्सको तीन हजार मिटर स्टेबल चेस पुरुष खेलतर्फ बुढाले राष्ट्रिय कृतिमानी कायम गर्दै स्वर्ण पदक जितेका हुन्।

सन् २००४ मा भारतको इस्लामावादमा राजेन्द्र भण्डारीले बनाएको कृतिमान समेत दुर्गाले तोडेका छन्। राजेन्द्रले निधारित दुरी ८ मिनेट ५७ सकेण्डमा पार गर्दै कृतिमानी बनाएका थिए। पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा उनले नेपाल एपीएफ क्लबका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन्।

दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ सेकेण्ड १९ मा पार गरे। रजत पदक जितेका अजितले निर्धारित दुरी ९ मिनेट २१ः१० मा पार गरे। कास्य जितेका त्रिभुवन आर्मी क्लबमा सुवास काकीले ९ मिनेट २२ः१५ मा दुरी पार गरे। यो स्पर्धामा १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। एथ्लेटिक्समा पाचौं राष्ट्रि खेलकुदबाट सहभागिता जनाउँदै आएका बुढा भारतीय सेनामा कार्यरत छन् ।साभार नेपालीरैवार