Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पार्टी भित्रका प्रतिष्पर्धी चुनावी प्रतिष्पर्धामा


दैलेख  :  नेकपा एमाले बाट दैलेख निर्वाचन क्षेत्र नः १को प्रतिनिधि सभाका उम्मेदवार रबन्द्रि शर्मा र एकिकृत समाजबादी पार्टी बाट प्रतिनिधि सभामा सत्तागठबन्धका उम्मेदवार अम्मर बहादुर थापा पार्टी भित्रका प्रतिष्पर्धी थिए । । बिस २०६४ सालमा भएको पहिलो संबिधान सभाको निर्वाचनमा नेकपा एमाले बाट तीन जना दुई जना उम्मेदवार थिए । तत्कालीन पार्टी अध्यक्ष अम्मर बहादुर थापा पुर्व पार्टी सचिव रबिन्द्र शर्मा र तेज बहादुर चन्द । थापाले टिकट पाए र नेपाली काँग्रेसका गणेश बहादुर खड्का संग पराजीत भए ।

बिस २०७० मा भएको दोस्रो सविधान सभाको निर्वाचनमा अम्मर बहादुर थापा र रबन्द्रि शर्मा,टेक बहादुर खाण,लोमन शर्मा,गोबन्दिबन्दी शर्मा उम्मेदवार थिए । सर्बसम्मत उम्मेदवार छनोट नभएपछि उम्मेदवार छनोट गर्न गरिएको निर्वाचनमा रबन्द्रि शर्मा पहिलो, टेक बहादुर खाण दोस्रो तेस्रो अम्मर बहादुर थापा बने ।

पार्टी केन्द्रले जारी गरेको अपानी अनुसार अघिल्लो पटक जितेको वा झिनो मततान्तरले पराजीत उम्मेदवारलाई टिकट दिने निति बमोजीम पहिलो नम्बरमा सिफारिस भएका शर्माले टिकट नपाएर तेस्रो स्थान प्राप्त गरेका थापाले टिकट पाए । पहिलो नम्बरमा सिफारिस भएका शर्माले टिकट नपाएपछि निर्वाचन परिचालन कमिटीको नेतृत्व गरी निर्वाचनमा बिजयी प्राप्त गराए । नेपाली काँग्रेसका नेता गणेश बहादुर खड्का पराजीत भए ।

बिस २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि शर्मा र थापा दुबै पुन उम्मेदवार सिफारिस भए । पार्टीले दुबै नेतालाई ब्यबस्थापन गर्न प्रतिनिधि सभामा रबन्द्रि शर्मा र प्रदेश सभामा अम्मर बहादुर थापालाई टिकट दियो । रबन्द्रि शर्मा प्रतिनिधि सभामा र अम्मर बहादुर थापा प्रदेश सभामा बिजयी भए ।

२०४८ सालदेखि नेकपा एमालेमा आवद्ध शर्मा र २०५० सालमा एमाले बनेका थापा झण्डै २८ वर्ष एउटै पार्टी कमिटीमा रहेर काम गरे । २०४८ देखि २०५१ सम्म एमाले दैलेख जिल्ला सचिवको जिम्मेवारी सम्हालेका शर्मा २०५१ को संसदीय चुनावमा उम्मेद्वार बनेर नेपाली काँग्रेसका नेता गणेश खड्का संग पराजित भएका थिए । टिकटका लागी सिफारिस हुने र टिकट नपाउने गरेका रबन्द्रि शर्मा र टिकट पाउने अम्मर बहादुर थापाको तीन दशक देखीको सम्बन्ध मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रतिष्पर्धीका रुपमा उम्मेदवार बनेका छन । कर्णाली प्रदेशका निर्वतमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोरक्रस गरी विश्वासको मत दिएपछि भने थापा र शर्माको राजनिति फरक पार्टी बाट भइरहेको छ । यसपटक उनीहरुको सहकार्य मात्र टुटेको छैन, एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।

एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन् भने शर्मा एमालेका उम्मेद्वार हुन । दैैलेख एमालेको बलियो पकट भएको क्षेत्र मानिन्छ । जनाधारका हिसाबले यो क्षेत्रमा एकीकृत समाजवादी कमजोर भए पनि थापालाई कांग्रेस र माओवादी केन्द्रको साथ पाएका छन । दुई पूर्व सहकर्मीको चुनावी भिडन्त रोचक हुने देखिन्छ । राजनैतिक खेलाडीका रुपमा परिचत शर्मा जनताका बिचमा लोकप्रिय नेताका रुपमा चिनिन्छन ।