Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रेस चौतारीले स्थापना ग¥यो मिडिया सेन्टर


दैलेख  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आवश्यक प्रचार प्रसारका लागी मिडिया सेन्टर स्थापना गरिएको छ । नेकपा एमालेको सुभेच्छुक संस्था प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखले मिडिया सेन्टर स्थापना गरेको हो । नेकपा(एमाले)का उम्मेदवारले गरेका विभिन्न कार्यक्रमको प्रचार प्रसार गर्ने र त्यसलाई रेडियो तथा पत्रपत्रिका बाट प्रसारण प्रकाशन गर्ने गरी मिडिया स्थापना गरेको प्रेस चौतारी नेपाल दैलेखले जानकारी दिएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवम कर्णाली प्रदेश इन्चार्ज विष्णु शर्माले नेकपा (एमाले)ले उम्मेदवार बनाएका दैलेखका दुई वटै प्रतिनिधि सभा र चार प्रदेश सभाका उम्मेदवारलाई सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको बताए । उनले प्रेस चौतारी नेपालको केन्द्रीय सर्कुलर अनुसार नेकपा एमालेका उम्मेदवारले जनताका बिचमा गरेका प्रतिबद्धता लगायतका विषयमा पत्रपत्रिका तथा रेडियोमा आचारसंहिता भित्र रहेर प्रसारण गर्न मिडिया सेन्टर स्थापना गरेको बताए । उनले भने प्रेस चौतारी नेपालमा आबद्ध साथीहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन क्षेत्र समेत विभाजन गरी जिम्मेवारी तोकिएको छ ।

मिडिया सेन्टर स्थापना कार्यक्रमको बोल्दै नेकपा एमाले दैलेखका उपाध्यक्ष प्रेम बहादुर बुढाले निर्वाचनमा पार्टीलाई विजयी बनाउनका लागि महत्वुर्ण हात सञ्चार माध्यमको हुने बताए । उनले हामीले अहिलेको समयानुकूल अनुसार चल्नका लागि मिडिया सेन्टर आवश्यक रहेको बताए ।

उनले भने अहिले जनता भाषण भन्दा पनि काम गर्ने जनप्रतिनिधि खोजेको छन् हामीले भाषण भन्दा पनि कामको प्रतिबद्धता सञ्चारमाध्यम मार्फत जनताका बिचमा राख्नुपर्छ । नेकपा एमालेको जिल्ला सचिवालय सदस्यको बैठक र पार्टीको बैठक पछि मात्र निर्वाचनका कार्यक्रम तयार गर्ने उपाध्यक्ष बुढाले बताए । उनले भने नेकपा एमाले मित्रवत् प्रतिस्पर्धा गर्दै लोकतन्त्रलाई बलियो बनाउने पार्टी भएका कारण प्रदेश सभा र प्रतिनिधि सभामा हुने निर्वाचनका कार्यक्रम कुनै पनि राजनैतिक पार्टी सँग नझ्ध्ने गरी बनाउनेबछौ ।