प्रकाश ज्वालाविरुद्ध कांग्रेसका शाहको उम्मेदवारी कायमै
सल्यान : सत्ता गठबन्धनका उम्मेदवार प्रकाश ज्वालाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहको उम्मेदवारी कायमै रहेको छ। उम्मेदवारको मनोनयन फिर्ता लिने समयसम्म मनोनयन फिर्ता नलिएपछि शाहको उम्मेदवारी कायमै भएको हो।
एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको सल्यानमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) को भाग परेको थियो। जिल्लामा नेपाली कांग्रेस ठूलो पार्टी भएपनि सल्यान कांग्रेसलाई अन्याय भएको भन्दै शाहले ज्वालाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्। २०५४ यता नेपाली कांग्रेसले संसदीय नेतृत्व लिन सकेको छैन। प्रदेश सभा सदस्य (क) मा गठबन्धनका भीम प्रकाश शर्माविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका एकराज डाँगी र डिल्ली बहादुर बुढाथोकीले भने उम्मेदवारी फिर्ता लिएका छन्।
गठबन्धनबाट प्रदेश सभा (क) नेकपा माओवादी केन्द्रको भागमा परेको छ। माओवादीबाट भीम प्रकाश शर्माको उम्मेदवारी परेको छ।