Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रशिक्षक अल्मुताइरीले गरे पद त्यागको घोषणा


काठमाडौं  :  नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका हुन् ।

अल्मुताइरीले आफूले ५ सय २५ दिन नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षको रुपमा काम गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सबैलाई धन्यवाद दिएका छन् । पदत्याग गरेको कारणबारे उनले केही खुलाएका छैनन्।