Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

जनताका साथमा काँग्रेस अभियान


दैलेख  :   जनता सँग काँग्रेस अभियान सँगै निर्वाचन जित्ने सङ्कल्प नेपाली काँग्रेसले लिएको छ । दैलेखका दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन जित्ने सङ्कल्पका साग नेपाली काँग्रेसको केन्द्रीय निर्देशन अनुसार जिल्लाकै ९० वडामा कार्यक्रम जनता सँग काँग्रेस अभियान सञ्चालन गरिरहेको नेपाली काँग्रेसले जानकारी दिएको छ ।

नेपाली काँग्रेसका नेता गणेश उपाध्यायले पार्टी केन्द्रको निर्देशन र कार्यक्रम अनुसार जिल्लाका सबै वडामा जनता सँग काँग्रेस कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले जिल्लाका ९० वडामा कार्यक्रम जनता सँगै काँग्रेस अभियान समापन सँगै दलित महिला लक्षित भेटघाट र क्रियाशील सदस्यहरू सँग भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले भने जनता सँग काँग्रेस अभियान सकेपछि बिपी जयन्तीको अवसरमा जिल्लामा बृहत् आम सभाको आयोजना समेत गरिनेछ ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सुचीमा नाम राखेपछि पुन कार्यक्रम हुने र तेस्रो चरण भनेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुगो लागेसँगै निर्वाचनका कार्यक्रम सञ्चालन हुने नेता उपाध्यायले जानकारी दिए ।

आगामी निर्वाचन जित्ने सङ्कल्प बोकेर जनता सँग काँग्रेस अभियान सञ्चालन गरे पनि जिल्लाका अधिकांश नेताहरू गठबन्धनका कारण समस्या रहेको बताएका छन् । नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष पार्टी भएको र एमाले विभाजन भएको बेला कुनै दल सँग गठबन्धन नगरेर निर्वाचन लड्नु पर्ने बेलामा केन्द्रबाट गठबन्धन हुँदा कुन क्षेत्र कुन दललाई पर्ने भन्ने समस्याले रहेको जनाएका छन् ।

अघिल्लो निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धन हुँदा दैलेखका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा पराजित बेहोरेको काँग्रेसले यस पटक भने त्यसको बदला लिने गरी तयारी गरेको नेपाली काँग्रेसका पार्टी सभापति मणिराम रेग्मीले बताए । उनले दैलेखका दुई प्रतिनिधि सभाको टिकट नेपाली काँग्रेसले नै राख्नु पर्ने माग पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएको बताउँदै त्यसै अनुसार आफूहरू तयारीमा लागेको बताए ।

पाँच दलीय गठबन्धन भएको खण्डमा नेपाली काँग्रेसले दुई प्रतिनिधि सभा मध्ये एक र काँग्रेस,चार प्रदेश सभा मध्ये तीन प्रदेश सभा नेपाली काँग्रेसले दाबी गरिरहेको नेताहरूले बताएका छन् । नेपाली काँग्रेसले दुईवटै प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यका उम्मेदवार र सामानुपातिक उम्मेदवार समेत सिफारिस गरिसकेको छ ।