Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

समानुपातिकमा ४२, प्रत्यक्षतर्फ ८७ दल

काठमाडौं  :  निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फ भाग लिन ४२ दलले निवेदन दिएका छन्। आयोगले समानुपातितर्फ दल दर्ताका लागि आइतबारसम्मको समयसीमा तोकेको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिकतर्फ उम्मेदवारी दिन आइतबारसम्मको समय निर्धारण गरिएको छ।

हालसम्म ४२ दलले उम्मेवादी दिएका छन्। प्रदेशतर्फ समानुपातिकमा प्रदेश १ मा ४२, मधेसमा ३५, बागमतीमा ३९, गण्डकीमा ३५, लुम्बिनी ३७, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले उम्मेदवारी दिएका छन्। आयोगले प्रतिनिधिसभा निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिह्नहरू मतपत्रमा राख्ने निर्णय गरेको छ। चुनावमा ८७ दलले भाग लिने भए पनि केही दलले एउटै चुनाव चिह्नमा चुनाव लड्ने भनेर आयोगमा निवेदन दिएका थिए। प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षमा बसेको आयोगको बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सहभागी हुने दलको संख्या र मतपत्रमा समावेश गरिने दलको चुनाव चिह्नबारे निर्णय गरेको हो।

त्यसैगरी, प्रदेशसभातर्फ प्रदेश १ मा ६२ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७० कामय गरिएको छ। मधेसमा ६७ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५ छ। त्यसैगरी, बागमतीमा ६४ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७२ छन्। गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६६ रहेको आयोगका सह—प्रवक्ता अर्यालले बताए।

उनका अनुसार लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६८, कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहने गरी आयोगले निर्णय गरेको छ।साभार