एमालेको केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय
काठमाडौं : नेकपा एमालेको भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको लागि ११ एजेण्डा तय गरेको छ। आज बसेको पोलिटब्यूरो बैठक ११ वटा एजेण्डा तय गरेको होे।
बैठकले राजनीतिक प्रतिवेदन, चार मनोनित केन्द्रीय सदस्यको सपथ, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, मंसिर ४ गते हुने निर्वाचनको उम्मेदवार चयनको प्रक्रिया र मापदण्ड तय गर्ने प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।
यस्तै बैठकले स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेश, पार्टी सदस्यताहरूको नम्बर दोहोरीएकोबारे व्यवस्थापन, सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन पेश गर्ने, प्रवास कमिटीसम्बन्धी नियमावली, विभाग र निकायहरुको केही नियम पारि, मनोनित केन्द्रीय सदस्यहरुको कार्यविभाजन र समसामयिक राजनीतिक प्रस्ताव पारित गर्ने कार्यसुची पेश भएको बताए।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश गर्न तयार पारेको राजनीतिक प्रतिवेदनबारे जानकारी गराएका थिए।