राजनीति देश र जनताका लागि हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश, विश्व शान्ति र जनताका लागि हुनुपर्ने बताएका छन । मंगलबार काठमाडौंमा आयोजित युवा महिला र राजनीति विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले त्यस्तो बताएका हुन । ओलीले स्वार्थको राजनीतिले देशको हित नहुने पनि जिकिर गरे स्वार्थ राजनीतिका लागि विकृति भएको चर्चा गर्दै अध्यक्ष ओलीले थपे ढाँट गरेर राजनीति हुँदैन, सर्वसाधारणले भन्ने आई हेट पोलिटिक्सले गम्भीर प्रश्न जन्माएको छ
पोलिटिक्सलाई स्वच्छ, सफा बनाउन आवश्यक रहेको र त्यसका लागि जनता नै सचेत हुनुपर्छ उनले बताए । राजनीति देश र जनताको पक्षमा हुनुपर्छ, परिवारका सदस्यका लागि होइन अध्यक्ष ओलीले भने राजनीति स्वच्छताका निम्ति, समाजका निम्ति, मानव जातिका निम्ति गरिनुपर्छ ।
अध्यक्ष ओलीले राजनीतिमा एक थोपा पनि पसिना नबगाएकाहरुले यसमा इन्जोय गर्ने माध्याम बनाइनु हुदैन ।